६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज वार्ड नं. ३ मा ४ सय ९० जनालाई राहत वितरण


२६ चैत्र २०७६, बुधबार  

0
Shares

20200408_063416

गाैरीगंज २६, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले मंगलवार दुई स्थानमा राहत वितरण गरेकाे छ।
वार्ड नं. ३ मा रहेकाे ठेकीटाेला प्राविमा दिउसाे १ बजे १०५ जना र वार्ड नं. ३ कै सुदमभिट्टामा ४ बजे २१ जनालाई राहत वितरण गरेकाे छ ।
विपन्न परिवारहरूलाई खाद्यान्न राहत वितरण गर्दा शारीरिक दुरी कायम राख्दै स्वयं वडा अध्यक्ष मखना महताे र अन्य वडा सदस्यहरू सरिता शेर्पा, भवेश दास खटिएका थिए । उत्त कार्यक्रममा रेडक्रस साेसाईटी गाैरीगंज शाखाका सचिव यादव रिजाल, वडा सचिव अजय साह, कार्यालयका कर्मचारी अनिल यादवलगायत प्रहरी खटिएका थिए ।

कार्यालयले हालसम्म ४ सय ९० जना विपन्न परिवारलाई राहत वितरण गरिसकिएकाे वडा अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।
कार्यालयले मंगलवारसम्म वार्ड नं. ३ का ९९ जनालाई ज्ञ्यानाेदय अावासिय माविकाे प्राङ्गणमा १ वजे र गाैरी टाेल सुकुम्बासी वस्तीका ४५ जनालाई ४ बजे राहत सामग्री वितरण गरेकाे थियाे ।
वार्ड नं. ३ का अध्यक्ष महताेका अनुसार यस अघि वार्ड नं. ३ काे पासवान वस्तीमा २८ परिवार र गाउँपालिकाकाे कार्यालयमा नै बाेलाई ४० परिवारलाई खाद्यान्न वितरण गरिसकेकाे छ । त्यसैगरी साेमवार गाउँपालिका वार्ड नं. ३ काे कृपालटाेलीकाे पलटिङ्गमा दिउसाे १ बजे ७५ जना र वार्ड नं. ३ कै महताे समाजकाे नव निर्मित भवनमा ४ बजे ७७ जनालाई राहत वितरण गरेकाे छ ।

सरकारले लकडाउन लगाएपछि त्यसबाट प्रभावित जनमजदुर गरेर परिवारकाे छाक टार्ने परिवारलाई राहत सामग्री वितरण गर्नु भने अनुसार स्थानियतहहरूले राहत सामग्री वितरण गर्दैछ ।
वार्ड नं. ३ काे सर्वदलिय समितिले ५ सय ९६ जनाकाे नामावली सिफारिस गरेकाे छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १२ : ५१ बजे