६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजमा धमाधम राहत सहयाेग जुट्दै, राहत एकद्वार प्रणालीबाट वितरण गरिने


२० चैत्र २०७६, बिहिबार  

0
Shares

20200402_164540
गाैरीगंज २०, चैत / गाैरीगंज गाउँपालिकाभित्र रहेका विपन्न परिवारका लागि राहत सहयाेग धमाधम जुटिरहेकाे छ ।
गाउँपालिकालाई नगद, जिन्सी र अनलाईनमार्फत राहत सहयाेग जुट्दै गएकाे हाे । कतिपयले गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेष खाता नं. मा अनलाईन मार्फत सहयाेग गरिरहेका छन् भने कतिपयले चामल, दाल, नुन र तेललगायत खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेका छन् । त्यसैगरी कसैले नगद रकम नै दिएर सहयाेग गरिरहेकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
उनका अनुसार केन्द्रीय कार्यालय विर्तामाेडमा रहेकाे सिम्रीक वचत तथा ऋण सहकारी संस्था गाैरादहले नगद ५० हजार रूपैयाँ, गाैरीगंज गापा वार्ड नं. १ स्थित बाल कल्याण माविका पुर्व प्रअ भाेला प्रसाद खतिवडाले २५ सय रूपैयाँ , केन्द्रीय कार्यालय रहेकाे कर्णाली वचत तथा ऋण सहकारी संस्थाले ६२ परिवारलाई पुग्ने खाद्यान्न, कम्युनिष्ट पार्टी गाैरिगंंज गा.पा.वडा न-१ ले जिल्ला सदस्य चन्द्रमोहन राजबशी, विद्यानन्द राजवंशी मार्फत वडा अध्यक्ष कार्तिकलाल राजवशीलाई खाद्यान्न हस्तान्तरण र अनलाइन खाता मार्फत सहयाेग जुटिरहेकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे ६ वटै वडाबाट विपन्न परिवारकाे लगत आईसकेकाेले उहाँहरूलाई व्यवस्थित तरिकाबाट वितरण गर्ने याेजना भईरहेकाे अध्यक्ष श्रेष्ठले बताए ।
दमक स्थित जगगुरू राईस मिलबाट ५० केजी भएकाे २५० बाेरा चामल अाईसकेकाे , दाल र तेल पनि अाज साँझसम्म अाईपुग्ने र नुन साल्ड ट्रेडिङ्गबाट भाेली अाइपुग्ने जानकारी दिदै जनतालाई धैर्य गर्न उनले आग्रह गरे ।
विपन्न परिवारका लागि ल्याईएका खाद्यान्न सामग्री र सहयाेग प्राप्त गरिने खाद्यान्न सामग्री गाउँपालिकाले एकद्वार प्रणालीबाट वितरण गरिने अध्यक्ष श्रेष्ठकाे भनाई थियाे ।

काेराेना भाईरसकाे संक्रमणलाई राेकथामका लागि सरकारले लगाएकाे लकडाउन लम्बिन सक्ने अवस्थालाई मध्यनजर गरेर गाउँपालिकाकाे विपत व्यवस्थापन राहत काेषमा आफुले सक्ने सहयाेग गर्न अध्यक्ष श्रेष्ठले अपिल गरे । विश्वभर फैलिइएकाे काेराेनाकाे माहामारी हामी सबैकाे समस्या भएकाेले हामी सबैले एक ढिक्का भएर लड्न र यसबाट प्रभावित हुने परिवारलाई बचाउन सबैकाे उत्तिकै दायित्य भएकाेले आ- आफ्नाे स्थानबाट सहयाेग गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ११ : ०८ बजे