४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज र गाैरादह पालिकाबाट प्रवाह हुने अत्यावश्यक कार्यबाहेक सबै सेवा स्थगित


९ चैत्र २०७६, आइतबार  

0
Shares

20200322_183809
गाैरीगंज ९, चैत्र / गाैरीगंज गाउँपालिकाले अत्यावश्यक काम बाहेक गाउँपालिकाबाट तथा अन्तर्गतका वडा कार्यालयबाट प्रभाव हुने सेवाहरू स्थगित गरेकाे छ ।
गाैरीगंज गाउँपालिका कार्यालय तथा अन्य शाखाहरुमा सेवाग्राहीहरुले अनावश्यक रुपमा भिडभाड नगर्नसमेेत आग्रह गर्दै सूचना जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत ७ गते देशवासीका नाममा
भएकाे सम्बाेधनमा चैत ९ गतेदेखि २१ गतसम्म अत्यावश्यक कार्यहरू बाहेकका सेवाहरू बन्द गर्ने उल्लेख्य गरेकाे हुँँदा साेही बमाेजिम गाउँपालिकाले अत्यावश्यक कार्यहरू स्थगित गरिएकाे सूचना जारी गरेकाे हाे ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला सम्भावित जोखिमबाट बच्न सबैको सुरक्षाका निम्ति यस्तो सूचना जारी गरिएको र स्वास्थ्य संस्था, स्वास्थ्य केन्द्रलगायतका सेवाहरू यथावत रहने जनाईएकाे छ ।

गाउँपालिकाकाे जारी गरेकाे सूचनामा अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक काम बाहेक अन्य कुनै पनि कार्यहरु नहुने उल्लेख गरिएको छ ।
त्यसैगरी गाैरादह नगरपालिकाले पनि एक सूचना जारी गर्दै अत्यावश्यक कार्य बाहेक अन्य सबै सेवाहरू स्थगित गरिएकाे जनाएकाे छ । काेराेना भाईरसकाे संक्रमणलाई ध्यानमा दिदै उत्त संक्रमणबाट बच्न नगरपालिकाले नगरवासीका नाममा सूचना जारी गर्दै गरपालिकाकाे सेवाहरू स्थगित गरिएकाे जनाएकाे छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५५ बजे