४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चाेरी गरेकाे माेटरसाईकलसहित एक जना प्रहरीकाे फन्दामा


२५ फाल्गुन २०७६, आइतबार  

0
Shares

20200308_200352

गाैरीगंज २५, फागुन / गाैरीगंज गाउँपालिकामा चाेरी गरेकाे माेटरसाईकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजबाट खटी गएकाे टाेलीले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने वर्ष २३ रईस माेह्मदलाई माेटरसाईकलसहित आज पक्राउ गरेकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने लछुमण हलुवाईकाे मे५ प ९०६३ नम्बरकाे माेटरसाईकल हिजाे शनिवार खजुरगाछी स्थित शिवालय मन्दिर अगाडि राखिरहेकाे अवस्थामा वेलुका ५ बजे हराएकाे थियाे । उत्त माेटरसाईकल हराएकाे भन्ने खबर माेटरसाईकल धनी लछुमनले ईलाका प्रहरी कार्यालय गाैरीगंजलाई गरेपछि प्रहरीले खाेजिकार्य तीव्र पारेकाे थियाे । हराएकाे माेटरसाइकल आज विहान माेटरसाईकल धनी लछुमण हुवाईकै घर नजिक फेला परेकाे ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिपक राजवंशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : २१ बजे