५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

होली पर्वमा उच्च सतर्क रहन जिल्ला प्रशासन कार्यालय झापाले गर्याे सूचना जारी


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

FB_IMG_1583463721108

झापा २३, फागुन / जिल्ला प्रशासन कार्यालय झापाले जरुरी सुचना जारी गरी नजिकै आईरहेको होली पर्वमा समेत बिशेष सर्तक रहन प्रशासन कार्यालयले भनेको छ । प्रशासन कार्यालयको सुचनामा भनिएको छ, ‘होली पर्वमा भिज्ने, अविर लगाउने तथा लोला हान्ने जस्ता कार्यहरु नगर्नु नगराउनु ।’

जिल्लामा धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी, महोत्सव जस्ता कार्यक्रम नगर्न र तोकिएका कार्यक्रममा समेत जिल्ला प्रशासन कार्यालय झापाले हिजाे सुचना मार्फत रोक लगाएको छ ।

प्रशासन कार्यालयले बिश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै शैक्षिक संस्थाहरुमा समेत धेरै मानिस जम्मा हुने बार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न भनेको छ ।
नेपाल सरकारको निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालय झापाले पाँच बुदे जरुरी सुचना जारी गरेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ३ : १२ बजे