४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रजातन्त्रका सेनानी मुगाधन राईको १४ औं स्मृति दिवसमा अनाथ बालबालिकालाई खादान्न सामग्री प्रदान


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200305_154058
दमक २२, फागुन / प्रजातन्त्रका सेनानी मुगाधन राईको १४ औं स्मृति दिवस पारेर आज झापाको दमक ९ स्थित अनाथ बाल आश्रमका बालबालिकाहरुका लागि खाद्यन्न सामग्री प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट संघीय संसद सदस्य समेत रहनु भएकी मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानकी अध्यक्ष महेन्द्रकुमारी लिम्बुले आज आश्रममानै पुगेर सो सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रदान गरिएका खाद्यन्न सामाग्रीहरुमा चामल, खानेतेल, आलु, मरमसला तथा अन्य तरकारीजन्य बस्तुहरु , विस्कुट आदी रहेका छन् । ति सामग्री हस्तान्तरण गर्दै सांसद लिम्बुले आफ्नो बुबा आमाले सधैं गरीब र अनाथहरुको सेवाका लागि प्रेरित गर्ने गरेको स्मरण गर्दै उहाँहरुको सपना साकार पार्न आफू राजनीतिक तथा सामाजिक क्षेत्रमा लागेको बताउनु भयो । कार्यक्रममा सामाजिक व्यक्तित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बा, दमक ९ का वडाध्यक्ष राम बहादुर धिमाल, आश्रमकी अध्यक्ष सुमित्रा प्रसाइँ, उपाध्यक्ष मन्दरा पौडेल लगायतले सो आश्रम र प्रजातन्त्रका सेनानी मुगाधन राईले पुरयाउनु भएको राजनीतिक तथा सामाजिक योगदानका बिषयमा बोलेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ९ : ५७ बजे