५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

महारानीझाेडामा स्वास्थ्य चाैकी भवनकाे उद्वघाटन


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200227_180818

गाैरादह १५, फागुन / महान्यायाधिवक्ता अग्नि खरेलले गाैरादह नगरपालिका वार्ड नं. ५ काे महारानी झाेडा स्वास्थ्य चाैकी भवनकाे रिवन काटेर उद्वघाटन गरेका छन् ।
सबै नागरिकले स्थानिय स्तरमै स्वास्थ्य सेवा पाउने उदेश्यले उत्त स्वास्थ्य चाैकी भवन निर्माण गरिएकाे कार्यक्रमका प्रमुख अतिथि तथा महान्यायाधिवक्ता खरेलले बताएका थिए ।
स्वास्थ्य जस्ताे अति समवेदनशील विषयमा नागरिकलाई उपचार गर्न शहरसम्म धाउन नपर्ने किसिमकाे व्यवस्था स्थानीयतहमै भएकाेले यसकाे उपयाेग गर्न उनले सबैलाई आग्रह गरेका थिए ।
स्थानियस्तरमा प्रत्येक वडाहरूमा स्वास्थ्य चाैकी भवन निर्माण भई नागरिकलाई स्वास्थ्य सेवा दिई रहेकाले प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई स्तराेन्नति गरि आकस्मिक सेवा सहितकाे अस्पतालमा परिणत गरिने उनकाे भनाई थियाे ।
पुर्व कानुन मन्त्री समेत रहेका खरेलले झापा जिल्ला कृषिका लागि उर्वरी भुमि भएकाले राेजगारीका अवसर सिर्जना गराउन कृषिमा अाधुनिकिकरण आवश्यक रहेकाे बताए ।
गाउँ गाउँमा सडक संजाल विस्तार , स्वास्थ सेवा पाईन थालेकाले आफुलाई पनि गाउँ नै रमाईलाे लागेकाले गाउँमा फर्केर जनताकाे सेवामा सर्मित रहने उनले धारणा राखेका थिए ।
गाैरादह नगरपालिका वार्ड नं. ५ काे महारानीझाेडामा क्वाटर, तालिम हल, ट्वाईलेट बाथरूमसहितकाे २ तले सुविधासम्पन्न स्वास्थ्य चाैकी भवन एक वर्ष अघि निर्माण भएकाे थियाे । स्वास्थ्य चाैकी भवन निर्माणका लागि स्थानियवासीहरूले ५ कठ्ठा जग्गा निशुल्क दान दिएका थिए । साेही स्थानमा भवन निर्माणका लागि नेपाल सरकारबाट विनियाेजित भएकाे २ कराेड रूपैयाँबाट भवन निर्माण भएकाे स्वास्थ्य चाैकी प्रमुख भानुभक्त दाहालले जानकारी गराए । वार्ड नं. ५ का अध्यक्ष छत्रपति सुवेदीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की विशिष्ट अतिथि रहेका थिए । त्यस अवसरमा गाैरादह नगरपालिकाका प्रमुख राेहित कुमार साह, उपप्रमुख गिता भेटवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्ड नं. ५ का वडा सदस्य कपिलमणि काफ्लेले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा स्कुल चा‌ैन माविका शिक्षक खगेन्द्र न्याैपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १२ : २५ बजे