११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

आठमाैजा सहकारीकाे स्थापना दिवस सम्पन्न


९ मंसिर २०७६, सोमबार  

0
Shares

20191125_171703
गाैरीगंज ९, मंसिर / आठमाैजा वचत तथा सहकारी संस्था खजुरगाछीले २० जना जेष्ठ नागरिकहरूलाई आज सम्मान गरेकाे छ ।
संस्थाले ११ औ स्थापना दिवसकाे अवसरमा यस क्षेत्रमा विशिष्ट याेगदान पुर्याए बापत ३ जनालाई आठमाैजा सहकारी सम्मानका साथ २० जना जेष्ठ नागरिकहरूलाई ओढाई सम्मानपत्रका साथ सम्मान गरेकाे छ ।
संस्थामा रहि संस्थालाई सहयाेग गर्दै समाज सुधारमा विशिष्ट याेगदान पुर्याए वापत गंगाराम ताजपुरिया, सत्यदेेव यादव र बुद्वकरण राजवंशी सम्मानित भएका हुन् । संस्थाले यस क्षेत्रमा रहेका क्रिमसन बाेर्डिङ्ग स्कुल, ज्ञानाेदय र ज्ञान्कुञ्ज माविमा अध्ययनरत ६ जना विध्यार्थीलाई रू ५ हजारका दरले छात्रवृत्ति वितरण गरेकाे छ । संस्थामा उत्कृष्ट काराेबार गर्ने ५ जनालाई पुरस्कृत गरेकाे छ । संस्थाले सञ्चालन गरेकाे शनिवार सञ्चालन गरेकाे म्यााथुन दाैडमा उत्कृष्ट हुने धावकहरूलाई पनि पुरस्कृत गरेकाे छ । स्थापना दिवसकाे अवसरमा संस्थाका कार्यालय सहायक कर्मचारी बुद्विनाथ सुवेदीलाई पुरस्कृत गरिएकाे थियाे । त्यसैगरी ईलाका प्रहरी कार्यालय गाैरीगंज, अस्थायी ट्राफिक प्रहरी पाेष्ट गाैरीगंजका साथै लाल बहादुर कटुवाल स्मृति प्रतिष्ठानले एम्बुलेन्स सहयाेग गरे बापत कदरपत्र प्रदान गरिएकाे थियाेे ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति अर्जुन दंगालले संस्थाकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि प्रविण दाहालले कार्यक्रमकाे उद्घाटन गरेका थिए । त्यस अवसरमा प्राईम बैंक गाैरीगंजका म्यानेजर शरद कुमार काफ्ले, वार्ड नं. ३ का अध्यक्ष मखना महताे, ईलाका प्रहरी कार्यालयका प्रमुख षणेश भट्टराई, सशस्त्र प्रहरी वल प्रमुख साइमन श्रेष्ठलेलगायतले शुभकामना मन्तव्य राखेका थिए । सञ्चालक समिति सदस्य श्याम कुमार ढकालले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा लेखा समिति संयाेजक हरि लाैडारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ११ : ३० बजे