५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजकाे विकासमा जनताकाे चासाे


२८ माघ २०७६, मंगलबार  

0
Shares

20200211_174315

गौरीगंज २८, माघ / गौरीगञ्ज गाउँपालिका वडा नं. ३ को कार्यालयले मंगलबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा र वडाबासीको उपस्थितीमा भएको सुनुवाइ कार्यक्रममा वडाअध्यक्ष मखना महतो र वडा सचिव अजय शाहले वडावासीहरुले उठाएका बिभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा वजेट‚ सडक‚ बित्तिय कारोबार‚ बजार ब्यबस्थापन‚ हुलाकी सडक, अतिथि सदनकाे जग्गा, विधुत विस्तार , अलत्तावारी बाटाेकाे गुणस्तर , वडामा वितरण गरेकाे अनुदान, खानेपानीलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
वार्ड नं. ३ बस्ने सीताराम खड्काले गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे अतिथि सदन निर्माणका विषयमा वडाले के गरिरहेकाे छ भन्ने जिज्ञासा राख्दै कहिले सम्म बन्ने हाे अध्यक्ष महताेलाई साेधेका थिए ।
20200211_174326
नवजागृति युवा क्लबका अध्यक्ष श्रवण गिरीले गाैरीगंजकाे बसपार्ककाे निर्माण कार्य कहाँ पुग्याे भनी जिज्ञासा राख्दै मासुजन्य पसलहरूकाे व्यवस्थापन गर्ने कि खुल्मखुल्ला व्यापार गर्न दिने हाे ? प्रश्न गरेका थिए ।
गाैरीगंज माविका शिक्षक प्रकाश चन्द्र राजवंशीले शिक्षाकाे गुणस्तर उकास्न र सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन र सिकाउनका लागि वार्ड कार्यालयकाे याेजना के छ भनेर जिज्ञासा राख्दै इलाका हुलाक कार्यालय जाने बाटाे कहिलेसम्म निर्माण हुने भनी जिज्ञासा राखेका थिए । त्यसैगरी गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरेले गाैरीगंज माविकाे भवनछेउकाे जग्गा विद्यालय प्रशासनलाई खबरै नगरी माेहीलाई के कस्ताे कारणले सिफारिस दिएकाे हाे भन्दै जिज्ञासा राखेका थिए ।
शिक्षक गाेपाल प्रसाद ताजपुरियाले गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का सामुदायिक विद्यालयका शिक्षकहरूकाे वृद्वि विकासका लागि के कस्ताे याेजना वडाले बनाएकाे छ भनी जवाफ मागेका थिए ।
कांग्रेस महासमिति सदस्य घनश्याम रिजालले गाैरीगंज क्षेत्रकाे हुलाकी सडक बन्ने क्रम जारी रहदा गाैरीगंजकाे वार्ड नं. ६ खजुरगाछीमा सडक छेउछेउका भाैतिक संरचना भत्काउने कार्य शुरू भएकाे तर गाैरीगंज वार्ड नं. ३ मा चाहिँ गाउँपालिकाले सुचना जारी गरेकाे मिति सक्दा समेत भाैतिक संरचना भत्काउन शुरू किन नगरेकाे भनी जिज्ञासा राखेका थिए । कार्यक्रममा उमानाथ भणडारीले वडावासीलाई शुद्व खानेपानी पिलाउन आफुले काेशिस गरेपनि वडा कार्यालयले सहयाेग गरेपनि यसकाे मर्मत सम्भारमा कार्यालयले अझ सहयाेग गर्नु पर्ने माग गरेका थिए ।
गाैरीगंज गाउँपालिकाका नेकपा सचिवालय सदस्य यादव रिजालले किसानलाई वितरण गर्ने कृषियन्त्र, मल, बीउलगायतका अनुदानहरू अाम किसानकाे पहुँचमा नपुगेकाे गुनासाे गरेका थिए ।

वडाबासीहरुका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै वडाध्यक्ष मखना महतो, वडा सचिव अजय साहले वडा भित्र संचालन भईरहेका कामहरूका बारेमा जानकारी गराउदै अन्य अधुरा कामहरू समय अवधिभित्र सम्पन्न गर्ने प्रतिवद्वता जनाएका थिए ।

वडा सदस्य हेमा आचार्यले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रबिधिक सहयोग तथा छायाङ्कन हिमशिखर टेलिभिजनले गरेका थिए भने हिमशिखरका समाचार संयाेजक सुदिप अधिकारीले सञ्चालन गरेका थिए भने वडा सदस्य भवेश दास, साेम्नी देवी पासपान, सरिता शेर्पालगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १२ : ०६ बजे