२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

सरकारकाेे निर्देशनमा अख्तियारले दम्भ देखाएकाे भन्दै नेविसंघको मसाल जुलुस


२६ माघ २०७६, आइतबार  

0
Shares

received_621030975377882

चितवन २६, माघ / नेपाल बिद्यार्थी संघ मैयादेवी कन्या कलेज र सप्तगण्डकी कलेज भरतपुर (चितवन ) ले सरकार र अख्तियार दुरुपायोग अनुसन्धान आयोगबिरुद्द मसाल जुलुस निकालेको छ ।
मैयादेवी र सप्तगन्डकी क्याम्पसका नेविसंघ इकाईले आज (आइतबार) साँझ संयुक्त रुपमा मसाल जुलुस निकालेका हुन् । सरकारको निर्देशनमा अख्तियारले दम्भ देखाएकोले बिरोध जुलुस निकालिएको नेविसंघ मैयादेवीकी सभापति प्रनिशा गुरुङले जानकारी दिईन् । बिरोध कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य कल्पना पौडेल, निरज अग्रवाल, परमेश्वर खनाल, तरुण दल चितवन का सचिव प्रलाद उप्रेती, सप्तगण्डकीका पुर्व सभापति कृष्ण बगाले लगायत विभिन्न पदमा रहेका चितवनका नेविसंघ बिद्यार्थीहरुको सहभागीता रहेको गुरुङले बताईन् । विद्यार्थीहरुले सप्तगण्डकीबाट निकालेको जुलुस चौबिसकोटीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामालाई सम्बोधन गर्दै बिद्यार्थी नेताहरुले सरकारको ठाडो निर्देशनमा अख्तियारले पूर्वाग्रही भई प्रतिपक्षलाई ललिता निवास प्रकारणमा मुद्दा चलाउने तर सत्तापक्षलाई संरक्षण गर्न खोजेको आरोप लगाए । अख्तियार कम्युनिष्ट सरकारको कठपुतलि बनेको उनिहरुको भनाई थियो । सरकारले तत्कालीन मन्त्रीलाई मुद्धा दर्ता गर्दै गर्दा तत्कालीन प्रधानमन्त्री र जग्गा धनीलाई कारवाहि नगरेर अख्तियार कम्युनिष्ट पार्टीको कठपुतलि बनेको उनिहरुको आरोप थियो । नेविसंघ सप्तगण्डकीका सभापति राजेश भुषालले सरकारकोे बिरोधमा अझै शशक्त आन्दोलन गरिने चेतावनी दिनु भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : २९ बजे