४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रगति माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानाे कपडा


२२ माघ २०७६, बुधबार  

0
Shares

20200205_175213

गौरादह २२ , माघ/ गौरादह नगरपालिका वडा नं -८ स्थित प्रगति माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानाे कपडा बितरण गरिएको छ।नागवेलि लघु बित्त बितिय संस्था  शाखा कार्यालय जुराेपानीले  बिद्यालयमा अध्ययनरत गरिब बिपन्न तथा जेहेन्दार १५ जना बिद्यार्थीहरुलाई जाडाेमा लगाउने न्यानाे कपडा ट्राकसुट र जुत्ता बितरण गरेकाे छ। संस्थाकाे १० औ वार्षिकोत्सबकाे अवसरमा शाखाको सामाजिक उत्तर दायित्व कार्यक्रम  अन्तरगत सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकाे छ।संस्थाले बिद्यालयमा अध्ययनरत कक्षा -२ देखि कक्षा ८सम्म अध्ययनरत १५जना बिद्यार्थीहरुलाई जाडोकाे  समयमा बिद्यालय आउन सहजताकाे लागि न्यानाे कपडा बितरण गरेकाे संस्थाका जुराेपानी शाखा सूर्यबहादुर श्रेष्ठले  जानकारी गराए। गरिब तथा बिपन्न परिवारका छाेराछाेरीहरु सामुदायिक बिद्यालयमा अध्यान गर्ने  र जाडाेकाे समयमा बिद्यालय आउन समस्या हुने भएकाले संस्थाकाे सेवा क्षेत्र भित्रका सामुदायिक बिद्यालयहरु मध्ये यस वर्ष गौरादह नगरपालिका वडा नं. ८ काे  प्रगति मा.बि.का बिद्यार्थीहरुलाई न्यानाे कपडा ट्राकसुट र जुत्ता   बितरण गरेकाे जुराेपानी शाखा प्रमुख श्रेष्ठले बताए।संस्थाकाे केन्द्रीय कार्यालय एच. आर. तथा आई टी प्रमुख सबिना राईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष साेभा ध्वाेज सिंह माक्रा प्रमुख अतिथि रहेका थिए। बिद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारी, सहायक प्रधानाध्यापक बिष्णु लुईटेललगायतले शुभकामना मन्तब्य राखेका थिए।बिद्यालय शिक्षक अभिभावक संघका सदस्य के.डि.राईले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ०९ बजे