३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंजका अधिकांस सामुदायिक विद्यालयका बालबालिका आर्सेनिक युक्त पानी पिउन बाध्य


२१ माघ २०७६, मंगलबार  

0
Shares

20200204_222430

फाेटाे : आत्माराम राजवंशी

काेेेेेेचिला संवाददाता

गाैरीगंज २१, माघ / गाैरीगंज गाउँपालिकाका अधिकांस सामुदायिक विद्यालयका बालबालिकाहरूले शुद्व खानेपानी उपभाेग गर्न पाएका छैनन् ।
सामुदायिक विद्यालयका बालबालिकाहरूकाे लागि शुद्व खानेपानीकाे वैकल्पिक व्यवस्था नगरेकाले विद्यालयमा जडान गरिएका ट्वेलकाे आर्सेनिक युत्त पानी पिउन बाध्य भएका हुन् । सरकारले सबै नागरिकहरुमा शुद्ध खानेपानीको पहुँच पुरयाउने घोषणा गरेपनि गौरीगञ्ज गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयका बालबालिकाहरु ट्यूबेलको आर्सेनिक युक्त पानी पिउन बाध्य रहेका हुन् ।
गौरीगञ्ज गाउँपालिका वार्ड नं. ४ कदमगाछी स्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद ताजपुरियाले आर्थिक स्राेतकाे अभावमा विद्यालय परिसरमा खानेपानीकाे धारा जडान गर्न नसकेकाे बताए । विपन्न तथा गरिब परिवारका करिब २ सय ५० जना बाबलबालिकाहरू अध्ययनरत छन् । उनीहरू विद्यालय परिसरमा रहेकाे ट्वेलबाट आर्सेनिक युक्त पानी पिउने गरेका छन् ।

20200204_222448

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछीमा रहेकाे राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिका आर्सेनिक युक्त पानी पिउदै ( फाेटाे : आत्माराम राजवंशी )
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगञ्ज प्राथमिक विद्यालयका प्रधानाध्यापक मोतिलाल ताजपुरीयाले खानेपानी योजना सञ्चालनमा आएको भएपनि विद्यालयले आर्थिक स्रोतको अभावमा विद्यालय परिसरमा खानेपानीको धारा जडान गर्न नसकेको बताए । २०२५ सालमा स्थापित सो विद्यालयमा अहिले २ सय २५ भन्दा बढी बालबालिकाहरु अध्ययनरत छन् । प्रधानाध्यापक ताजपुरीयाले शिक्षक तथा बालबालिकाहरुले विद्यालयमा ट्यूबेलको पानी पिउने गरेको बताए । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ बार्हसुद्दीमा रहेकाे गाैरीया प्राथमिक विद्यालयका करिब ७७ बालबालिकाहरू ट्वेलकाे आर्सेनिक युक्त पानी पिइरहेका छन् । उनीहरूलाई शुद्व पानी पिउने कुनै व्यवस्था गरिएकाे छैन् । अधिकांश बालबालिका मुहसर समुदायका बालबालिका अध्ययनरत छन् ।
गाैरीगंज गाउँपालिकाकाे ग्रामीण क्षेत्रका बालबालिकाहरुले शुद्ध पिउने पानी प्रयोग गर्न नपाउँदा बालबालिकाहरु स्वास्थ्यका दृष्टिकोणबाट जोखिममा रहेका छन् । त्यसभेगका अधिकांश बालबालिकाहरुले विद्यालयमा खानेपानीसंगै चर्पीको समेत अभाव झेलिरहेका छन् ।

 20200204_224704

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ४९ बजे