४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले नि:शुल्कमा शैक्षिक सामाग्री वितरण ( फाेटाेसहित)


२० माघ २०७६, सोमबार  

0
Shares

गाैरीगंज २०, माघ /

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले वार्ड भित्र रहेका  ५ वटा सामुदायिक विद्यालयहरूमा विद्यार्थीलाई नि:शुल्कमा    ट्राकसुट, ब्याग र स्विटर वितरणा गरेकाे छ । वार्डमा रहेका  राष्ट्रिय प्रावि कदमगाछी र श्री गाैरीया प्रावि बाह्रसुदीका  विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ । राष्ट्रिय प्राविका १ कक्षादेखि ५ सम्मका १ सय ३८ जना र वालविकासका २७ जना विद्यार्थीलाई र श्री गाैरीया प्रावि बार्हसुदीका कक्षा १देखि ४ सम्मका ७७ जना र वालविकासका १७ जना विद्यार्थीलाई ट्राकसुट, स्विटर र ब्याग वितरण गरिएकाे हाे ।

गाैरीगंज गाउँपालिकाका वार्डनं. ४ का अध्यक्ष कुलप्रसाद गिरी , नेकपा शिक्षा विभागका झापा प्रमुख सिताराम अधिकारी,   प्रअ  महाप्रसाद ताजपुरिया, प्रअ सुरेेन राजवंशी, सचिव एजिना भट्टराई, वार्ड सदस्य बङ्गाे गिरी, फुलाेदेवी ताजपुरिया, रामबहादुर राजवंशीलगायतकाे उपस्थिति थियाे ।

20200203_18132120200203_18145920200203_18124620200203_18123620200203_183712

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : ५७ बजे