३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम


१७ माघ २०७६, शुक्रबार  

0
Shares

talim 123

गौरादह १७, माघ /गौरादह नगरपालिका वडा नं -१ काे वडा कार्यालयले महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले क्षमता विकास तालिम संचालन गरेकाे छ। जागरुक महिला समुहकाे आयाेजनामा संचालन गरिएको तालिममा वडा नं -१ भित्रका ५५ जना महिलाहरु सहभागी भएका छन् । तालिम संचालनका लागि वडाले २ लाख रुपैयाँ विनियाेजन गरेकाे छ। क्षमता विकास तालिममा महिलाहरुलाई सिलाई कटाई एड्भान्स तालिम २ महिने,ब्याग निर्माण तालिम १५ दिने, क्रिस्टल गहना निर्माण तालिम १० दिने, ढाका जुत्ता चप्पल निर्माण तालिम १५ दिने सहभागी रहेका छन। सिलाई कटाई तालिमकाे बेसिक काेर्ष लिईसकेका महिलाहरुलाई एड्भान्स काेर्ष रुका काेईराला, ब्याग निर्माण तालिममा पुनम नेपाल,क्रिस्टल गहना निर्माण तालिममा साेभा भण्डारी, ढाका जुत्ता चप्पल निर्माण तालिममा निरु पान्डेले सहजिकरण गर्ने छन। तालिमकाे औचित्य माथि प्रकाश पार्दै वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भन्डारीले तालिमलाई ब्यवहारिक रुपमा उतार्न अनुराेध गरेका छन् । स्थानीय सरकारले गरेकाे लगानीलाई सदुपयोग गर्न आग्रह गरेका छन।वडा भित्र रहेका महिलाहरुलाई आयआर्जन बृद्वि गर्न सीप सिकाईएकाले ब्यवसायिक रुपमा काम गर्न भन्डारीले आग्रह गरेका छन्। गौरादह नगरपालिकाकि उपमेयर तथा कार्यक्रमकि प्रमख अतिथि गिता भेट्वालले बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकार लागि परेकाे बताईन्। नगरवासीहरुलाई क्षमता विकासका तालिमहरु संचालन गरिरहेकाले सिकेकाे सीप र तालिमलाई व्यवसायिकरण गर्न आग्रह गरिन्।जागरुक महिला समुहकि अध्यक्ष गंगा कार्कीकाे सभापतित्वमा सम्पन्न तालिमकाे उद्घाटन कार्यक्रममा आरती महिला समुहकि अध्यक्ष लक्ष्मी ढकाल,नगर महिला संजाल काेषाध्यक्ष प्रेम कुमारी घिमिरे लगायतले मन्तब्य राखेका थिए। महिला संजाल उपाध्यक्ष अम्बिका पौडेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा जागरुक महिला सहसचिब उर्मिला कार्कीले कार्यक्रम संचालन गरेकि थिईन्।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : २१ बजे