३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

विद्यार्थीलाई जाडाेमा न्यानाे कपडा


७ माघ २०७६, मंगलबार  

0
Shares

20200121_190549

गौरादह ७, माघ /गौरादह नगरपालिका वडा नं -७ स्थित भारती प्राथमिक बिद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई न्यानाे कपडा बितरण गरिएको छ। सिद्धार्थ बैंक शाखा गौरादहले बिद्यालयमा अध्यानरत १ सय जना बिद्यार्थीलाई जाडाेमा लगाउने न्यानाे कपडा बितरण गरेकाे छ।सिद्धार्थ बैंककाे संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम  अन्तर्गत सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई सुईटर बितरण गरेकाे छ। बैंकले बिद्यालयमा अध्यानरत नर्सरीदेखि कक्षा ५ सम्म अध्यारत १ सय जना बिद्यार्थीहरुलाई जाडोकाे  समयमा बिद्यालय आउन सहजताकाेलागि न्यानाे कपडा बितरण गरेकाे सिद्धार्थ बैंक गौरादह शाखा प्रबन्धक नुतन गिरीले जानकारी गराए।गरिब तथा बिपन्न परिवारका छाेराछाेरीहरु सामुदायिक बिद्यालयमा अध्यान गर्ने भएकाले यस वर्ष गौरादह नगरपालिका वडा नं ७ काे भारती प्रा.बि.का बिद्यार्थीहरुलाई न्यानाे कपडा सुइटर बितरण गरेकाे गौरादह शाखा प्रमुख गिरीले बताए।बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष धनिलाल राजवंशीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका पुर्बान्चल क्षेत्रीय प्रबन्धक सुवाश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।गौरादह नगरपालिका वडा नं -७ का वडा सदस्य अमरदास सिवाकोटी, बिद्यालयका प्रधानाध्यापक हिरालाल ताजपुरिया लगायतले शुभकामना मन्तब्य राखेका थिए।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १ : २२ बजे