३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

पिडित शनबहादुर तामाङकाे परिवारलाई दाेस्राे पटक रकम हस्तान्तरण


११ पुस २०७६, शुक्रबार  

0
Shares

20191227_233536
दमक११, पुस/
शनबहादुर तामाङ्ग सहयोग समिति (बचाउ अभियान) दमकले दोस्रो पटक संकलन गरेको सहयोग रकम रु १ लाख २ सय ३० रुपैँया बिरामीका परिवारलालई हस्तान्तरण गरेको छ ।
पत्रकार मञ्च दमकमा समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी सो रकम विरामीका आफन्तलाई हस्तान्तरण गरेको हो ।
इजरायलमा रहेका दुई नेपाली चलीहरु नेहा इङनाम र माया इङनामले संकलन गरेको ६९ हजार ६सय बिरामीका बुवा सिंह बहादुरलाई सहयोग समितिका संयोजक सम्झना तामाङ्गले प्रदान गरेको छ ।
यसै गरी रबिन तिवारी अमेरीकाबाट रु ५ हजार ,चन्द्र लामाले रु ५हजार ,छिरिङ्ग दोर्जे लामाले ८ हजार १ एक सय ३० रुपैँया ,पार्वती गुरुङ्ग बेलायतबाट ७ हजार सुनिल बि.क. दाङ्गबाट २ हजार मात्र लगायतबाट जम्मा १ लाख दुई सय ३० रुपँैया सहयोग आएको संयोजक तामाङ्गले बताउनु भयो । सो रकम बुबा सिंहबहादुर तामाङ्गले बुझेका छन् ।
सिंहबहादुरले संयोजक तामाङ्गलाई खुलेरै धन्यबाद दिए। यसअघि पनि १ लाख ६ सय रुपैँया शनबहादुरका बुबालाई हस्तान्त्रण गरिएको थियो । उपचारका लागि सहयोगको अपिल गरेर स्वदेश तथा विदेशबाट सयोग उठाइएको हो ।
झापाको दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ बर्षिय शनबहादुर तामाङ चार बर्षदेखी सवारी दुर्घटना भई अर्धचेत अवस्थामा ओच्छायनमा थलिएका छन् उनको अवस्था अत्यान्तै नाजुक रहेको छ । अलि अलि भएको जग्गा जमिन पनि उनकै उपचारमा सकियो । बाबु भन्छन् (छोराको उपचार गर्न नेपाल लगायत भारतका विभिन्न अस्पतालमा उनलाई लगियो त अझै उनलाई ठिक भएन ।
थेरापीमा लगिदैँ गरेपनि पैसा अभावमा छोडियो । अब संकलन भएकोरकमबाट उनको खाना र टाउँको उपचारमा खर्चे गर्ने सहयोग समितीकी संयोजक तामाङ्गले बताउनु भयो ।
उनलाई जौँको चिउरा पानी भिजाएर खुवाउने गरेको तामा ङ्ग ले जनकारी दिइन् । उपचारका लागि सहयोग संकलन जारी रहने समितिका संयोजक सम्झना तामाङ्गले बताउनु भयो क।
शन बहादुर तामाङ्गलाई सहयोग गर्न चाहानु हुने मानुभावहरुलाई प्राइम कमर्शियल बैक दमकको खाता नम्वर ०९१०००६४ मा रकम जम्मा गरी सहयोग गर्न सक्ने सहयोग समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : ५० बजे