३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सैनिक पोशाक ( कम्ब्याट ड्रेस) संग मिल्दाे जुल्दाे पाेसाक लगाउन प्रतिबन्ध


३ पुस २०७६, बिहिबार  

0
Shares

20191219_181119

दमक ३, पुस / नेपाली सैनिकको पोशाकसंग मिल्दोजुल्दो सैनिक पोशाक ( कम्ब्याट ड्रेस) सर्वसाधारणका लागि प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले दमकसहित स्थानीय पालिकाहरुलाई पत्राचार गरि सर्वसाधारणलाई संस्थागत पोशाकका रुपमा रहेको मिल्दोजुल्दो हरियो र खैरो रंगको कम्ब्याट पोशाकमा प्रतिबन्ध रहेको जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाको त्यस्तो पत्राचार लगत्तै आज बिहिबार दमक नगरपालिकाले समेत सार्वजनिक सूचना गरि त्यस किसिमको कम्ब्याट ड्रेस नलगाउन र विक्री वितरण समेत नगर्न भनेको छ । सूचनामा त्यस किसिमको प्रतिबन्धित पोशाक विक्री वितरण गरेको वा लगाएको पाइएमा कारवाही हुने पनि उल्लेख छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  १२ : २५ बजे