३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंजकाे मुहार फेरिदै


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

20191212_175816

काेचिला संंवाददाता
गौरीगंज २६, मंसिर /झापा जिल्लाकाे पुरानाे बजारकाे रुपमा चिनिएकाे गौरीगंज बजारलाई स्मार्ट सिटी बनाउने उदेश्यले काम सुरु गरिएको छ।नेपाल सरकारले गौरीगंज बजारलाई स्मार्ट सिटीकाे अवधारणा अनुरुप अगाडि बढाउने उदेश्यले बजेट बिनियाेजन गरेपछि निर्माण कार्य सुरु गरिएकाे हाे।गौरीगंज तथा खजुरगाछी बजार क्षेत्रलाई स्मार्ट सिटीकाे अवधारणा अनुरुप स्तराेन्ती गर्न नेपाल सरकारले भ्याट सहित १३ कराेड ४३ लाख ९७ हजार ८ सय २५ रुपैया सघन सहरी बिकास मार्फत निकासा गराएपछि निर्माण कार्य सुरु भएकाे हाे।स्मार्ट सिटी निर्माणकाे प्रारम्भिक निर्माण कार्य गर्न रमन सफल जे.बि. ले जिम्मा पाएकाे छ।जे.बि.का ठेक्केदार प्रतीत भट्टराईका अनुसार यसै बैशाख महिनाबाट काम सुरु गरि दुई बर्ष भित्रमा काम सम्पन्न गर्नु पर्ने संझौतामा उल्लेख भएकाे बताएका छन।सरकारले अपनाएको स्मार्ट सिटीकाे अवधारणा अनुसार बजार क्षेत्रका सडक कालाेपत्र र ढल निकासकाे काम संचालन भईरहेकाे गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । सघन सहरी बिकास अन्तर्गत बिनियाेजित बजेटबाट गौरीगंजमा १४ मिटर र खजुरगाछीमा १६ मिटर आर सि सि पक्की ढल सहित ३ किलोमिटर सडक कालाेपत्र गरिने निर्माण सेवाका पुष्प काफ्लेले जानकारी गराए।बजार क्षेत्रका अति ब्यस्त सडकहरु १२ मिटर चौडा र भित्री सडकहरु ९ मिटर चौडा बनाईने काफ्लेले बताए।खजुरगाछी बजार क्षेत्रमा पहिलेकाे साँघुरा सडकका छेउमा बनाईएका घरहरु अहिले सडक बिस्तार गरिदा सडकमा परेका कारण घरहरु भत्काइएका छन।निर्माण सेवाका ठेक्केदारका अनुसार दुई बर्ष भित्रमा काम सम्पन्न गर्ने सम्झौता भएपनि द्रुत गतिमा काम गरेर एक बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेकाे बताए।उनले भने गौरीगंज क्षेत्रकाे बिकाश निर्माणका लागि सरकारी अवधारणा अनुरुप काम भई रहेकाले जनप्रतिनिधि स्थानीयबासि तथा अन्य सबैले सहयाेग गर्नु पर्ने बताए।गौरीगंजलाई स्मार्ट सिट बनाउन पहिलाे चरणकाे काम सुरु भई सकेकाले काम सम्पन्न भएपछि बिकाश निर्माणले गति लिनुकाे साथै व्यापार ब्यबसयमा बृद्वि भई यश क्षेत्रका नागरिककाे आय आर्जनमा बृद्वि हुने गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्ताेले बताए। गौरीगंज भन्दा पछाडि स्थापना भएका बजारहरु सहरमा परिणत भई सक्दा समेत गौरीगंज बजार जस्ताकाे त्यस्तै रहेकाले बजारकाे स्तराेन्नतीकाे प्रक्रिया अगाडि बढी सकेकाले गौरीगंजले मुहार फेर्नेमा आशावादी रहेकाे गौरीगंज -६ का कमल प्रसाद राजवंशीले बताए।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  १२ : ३० बजे