३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नापतौलमा उपभोक्ताहरू नठगिउन भनेर गाैरीगंजमा ढक तराजुकाे चेकजाँच


२५ मंसिर २०७६, बुधबार  

0
Shares

20191211_205326

गाैरीगंज २५, मंसिर / नेपाल गुणस्तर तथा नापताैल विभाग झापाले गाैरीगंज क्षेत्रका व्यापारीहरूकाे नापतौलमा पुरानाे नविकरण र नयाँ दर्ता गर्ने कार्य सम्पन्न गरेकाे छ । गाैरीगंज झापा उद्योग वाणिज्य संघकाे समन्वयमा गरिएकाे दर्ता तथा नविकरणमा संघमा आवद्व १ सय १३ जना व्यापारीहरूले ढक , तराजु जाँच गराउनुकाे साथै नविकरणसमेत गराएका थिए । ढक तराजु प्रयाेग गर्दै आएका व्यापारीहरूले आफ्नाे ढक तराजु सहि भए नभएकाे जाँच गराएका थिए ।
व्यापारीहरूले तेल नाप्ने लिटर र कपडा नाप्ने मिटर समेत जाँच गराएकाे झापा उद्योग वाणिज्य संघका जिल्ला सदस्य भाेजराज सेढाईले जानकारी गराएका थिए । पुरानाे ढक तराजु प्रयाेग गर्दै आएका व्यापारीहरूलाई नाप ताैल ईकाईबाट प्रमाणित नभएका ढक तराजु प्रयाेग नगर्न र उपभोक्ताहरूलाई सहि ताैलमा सामान दिन व्यापारीहरूलाई झापा उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले आग्रह गरेका थिए ।
उपभोक्ताहरूलाई सामान खरिद गर्न आउदा ढक तराजुका कारण सहि ताैलकाे सामान नपाएकाे गुनासाे आईरहेकाले त्यसकाे न्युनिकरण गर्न नाप ताैल जाँच गराएकाे अध्यक्ष महताेले बताए ।

20191211_205313
व्यापार व्यवसाय गर्ने क्रममा सुनचादी, कलकरखाना, उद्योग सञ्चालन गर्ने व्यापारीहरूले प्रत्येक वर्ष नापताैलका साधन जाँच गराउनु पर्ने, ढक, काटा, मिटर प्रत्येक २ वर्ष भित्र जाँच गर्नु पर्ने र गल्ला, किराना, हार्डवेयर सञ्चालन गर्ने व्यापारीहरूले २ वर्षमा जाँच गराउनु पर्ने गुणस्तर तथा नापताैल कार्यालय झापाका प्रमुख कमल ओझाले बताए । नाप ताैल कार्यालय झापाले गाैरीगंज क्षेत्रमा ३ दिनसम्म नयाँ दर्ता तथा पुरानाे नविकरण कार्य गरेकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ३ : ११ बजे