५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

महिला हिंसा विरूद्व गाैरादहमा र्याली


१६ मंसिर २०७६, सोमबार  

0
Shares

20191202_184826

गौरादह १६, मंसिर /महिलाहरुमा हुने गरेका विभिन्न प्रकारका हिंसाहरुकाे अन्त्यकालागि सबैमा जानकारी गराउन गौरादहमा र्यालि निकालिएकाे छ। गाउँ समाजमा हुनेगरेका लैंगिक हिंसा बिरुद्ध महिलाहरुले गौरादहकाे डिपु चौकबाट र्यालि निकालेका थिए। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान गत सोमबारदेखि शुरु भएको थियाे। २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म संचालन हुने उक्त अभियानका लागि गौरादह की उपमेयर गिता भेट्वालको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको थियाे । समानताको पुस्ताःबलात्कार विरुद्धकाे ऐक्यबद्धता भन्ने अभियानको मूल नारा रहेको छ । गौरादह नगरपालिकाको आयोजनामा महिलाहरुलाई सचेत गराउन महिलाहरुकै सहभागीतामा र्यालि निकालिएको हाे। र्यालि गौरादहको डिपु चोक बाट शुरु भई गौरादह बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।र्यालिमा महिला, बालबालिका विभिन्न संघ संस्थामा आबद्ध पदाधिकारी, शिक्षक, प्रहरी, बुद्धीजिवि लगायतको सहभागिता रहेको थियो ।र्यालिमा महिला हिंसा अन्त्य गरौं, छोरा र छोरीमा भेदभाव नगरौं,समान कामको समान ज्याला लागु गर, महिला माथि हुने हिंसा अन्त्य गर्न प्रतिबद्धता, तत्परता जवाफदेहिता, महिला विरुद्ध हुने सम्पूर्ण हिंसा बन्द गरौं लगायतको नारा लगाइएको थियो । र्यालि
पछि आयोजित कोणसभामा गौरादह नगरपालिकाकी उपमेयर गिता भेटवालले लैङ्गिक हिंसा बिरुद्धकाे कार्यक्रम मनाउनुका कारणहरु र यशकाे औचित्य माथि जानकारी गराउँदै यसको वर्तमान अवस्थाका विषयमा चर्चा गरेकी थिईन । उनले बलात्कार, घरेलु हिंसा, हत्या, बोक्सी आरोपमा गाउँ निकाला दाइजो प्रथा, बहुविवाह, बाल विवाह अन्य मानसिक तथा शारीरिक यातना र महिलालाई अपहेलना जस्ता कुनै पनि असामाजिक क्रियाकलाप भएकाले त्यसबाट बच्न आफु पनि सचेत हुनुपर्ने र अरुलाई सचेत गराउनु पर्ने जानकारी गराएकि थिईन । साेहि अवसरमा अन्तरपार्टी महिला संजाल गौरादह नगर अध्यक्ष लिलाकार्की कट्टेलले महिला हिंसा अन्र्तगत शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारलाई खुलेर महिलाले त्यसको प्रतिकार महिला आफैंले गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ०२ बजे