५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हुलाकी सडककाे गाैरीगंज खण्डमा भाेलीदेखि संयुक्त सर्भे शुरू हुने


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

20191128_141922

गाैरीगंज १२, मंसिर / बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत झापाकाे रतुवा खाेलादेखि पुर्व विरिङ्ग खाेलासम्मकाे बाटाे निर्माण कार्य शुरू हुने भएकाे छ । निर्माण कार्यकाे ठेक्का लिएकाे माेदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयाेजना इटहरीले संयुक्तरूपमा उत्त बाटाेकाे सर्भे भाेली शुक्रबार देखि थाल्ने भएपछि निर्माण कार्य शुरू हुने भएकाे हाे ।
माेदीदान कन्ट्रक्सन सेवा प्रालिका प्रमुख राम बहादुर गाैतमका अनुसार रतुवा खाेला देखि पुर्व २६ किलाेमिटर बाटाे निर्माण गर्न १ अरब ५० कराेड रूपैयाँमा ठेक्का लिएकाे हाे । कम्पनी र हुलाकी राजमार्ग आयाेजनासंगकाे संयुक्त सर्भे पश्चात निर्माण कार्यले तिव्रता लिने कम्पनिका प्रमुख गाैतमले बताए ।
साविक बाटाेकाे बिचकाे विन्दुलाई केन्द्र मानि बाटाेकाे दायाँबायाँ १५-१५ मिटर चाैडा बनाई ७ मिटरकाे पिच हुने उनले बताए । बाटाेमा पर्ने कल्भर्ट र पाइप कल्भर्ट साथै बजार क्षेत्रमा नालासहितकाे बाटाे निर्माण हुनेछ ।
कम्पनिले ३ वर्ष अवधिमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झाैता भएकाे छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ८ : ३५ बजे