५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘चाड पर्वले सबैलाई एक शुत्रमा बाँध्छ’ : मन्त्री कार्की


९ कार्तिक २०७६, शनिबार  

0
Shares

9a29df9c0020ee866c8d2db364a90679.0

गौरादह ९, कार्तिक / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले बहुभाषि, बहुजातिहरुको मिश्रित बसोबास रहेको मुलुकमा चाड पर्वले सबैलाई एक शुत्रमा बाँध्न सक्ने बताएका छन् । मन्त्रि कार्कीको आयोजना तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. ५ क को व्यवस्थापनमा गौरादहको सामुदायीक हलमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि कार्कीले परम्पराकालदेखि नेपाल र नेपालीहरुमा मनाईंदै आएको महान पर्व दशैं, तिहार र छठ पर्वले मुलुक भित्र बसोबास गर्ने १ सय २६ भन्दा बढी जातजातिहरुको बसोबास रहेकाले सबैमा भाइचाराको सम्बन्ध कायम राख्दै यी चाडपर्वहरुले सद्भाव कायम राख्ने धारणा राखे । आगामी ३ वर्ष भित्रमा युवाहरुलाई रोजगारीको अवसर सिर्जना गराउँदै गरिबि निवारण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने बताए । विकासको मेरुदण्ड मानिने सडक सञ्जाल विस्तार र निर्माण कार्यलाई तिव्रता दिने बताए । कृषिलाई आधुनिकिकरण गरि युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सिर्जन गर्ने बताए । प्रदेश समन्वय कमिटि संयोजक योगराज दाहालको सभापतित्व्मा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे प्रमुख अतिथि रहेका थिए ।त्यसअवसरमा प्रदेश सभा सदस्य झलक सिंह दर्लामी, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्ले र प्याब्सन केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । नेकपाका नेता पुष्प ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर अध्यक्ष मित्रदेव काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १२ : ०९ बजे