५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारतकाे किसनगंज जिल्लासंग जाेडिएका झापाका बाेर्डर ४८ घण्टाका लागि सिल हुने


२ कार्तिक २०७६, शनिबार  

0
Shares

20191019_152910

झापा २, कार्तिक / भारतको विहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुने भएको छ। (आज) शनिबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर सिल हुने भएकाे छ।

विहार राज्यस्थित किशनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई मध्यनजर गरी भद्रपुरसँग जोडिएको विहार बोर्डर ठप्प हुनेछ, भने बङ्गला बोर्डर खुल्ला रहने जनाइएको छ। भद्रपुरसँगै झापाको पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका पनि सिल हुने भएको छ।

किशनगञ्जमा हुने उपनिर्वाचनलाई मध्यनजर गरी दुई साता अघि गलगलियामा नेपाल-भारतका सुरक्षा निकायबीच बैठक बसेको थियो। सोही बैठकमा बोर्डर सिल गरी निर्वाचन सुरक्षामा सहयोग पुराइदिन भारतीय सुरक्षा निकायका प्रमुखले झापाका सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए। निर्वाचनमा बोर्डर सिल गर्ने विषयमा झापाका सुरक्षा निकायले पनि सहमति जनाएको थियो।

यता किशनगञ्जमा उपनिर्वाचन हुन लागेपछि सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता बढाइएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : ४६ बजे