३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भन्सार कार्यालयको कम्पाउण्ड घेराबेरा कार्य शुरु


१९ बैशाख २०७३, आइतबार  

0
Shares

खजुरगाछी १९, चैत  / झापाको खजुरगाछीस्थित आठमौजा छोटी भन्सार कार्यालयको कम्पाउण्ड घेराबेरा गर्ने कार्य शुरु गरिएको छ । छोटी भन्सार कार्यालय भवनको घेराबेराको लागि नेपाल सरकार  भन्सार विभागको १२ लाख रुपैयाँबमट निर्माण कार्य शुरु गरिएको हो ।
निर्माण कार्यको जिम्मा पाएको दर्पण निर्माण सेवाका ओम अधिकारीका अनुसार घेराबेराको जम्मा लम्वाई १४० मिटर रहेको र घेराबेरा इट्टासहितको पक्की दिवाल लगाउने  बताए  । सो कार्य सम्पन्न गर्न शिलबन्धी टेण्डर आव्हानबाट दर्पण निर्माण कम्पनीलाई परेको मेची भन्सार कार्यलयका प्रमुख भिम अधिकारीले बताए  । तर, घेराबेराको लागि रकम निकासा भएर काम शुरुभए पनि भन्सार भवनको अवस्था भने  जीर्ण रहेको छ । भवन भित्र बस्न सक्ने अवस्था नरहेपनि भन्सारको दैनिक कार्य भइरहेको छ । झापा जिल्लामा आठमौजासहित ६ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । कार्यालयले ५ हजार रुपैयाँ भन्दा तलको रकम भएको सामानहरुको भन्सार शुल्क लिने गरेको छ । भारतसँग खुल्ला सिमानका कारण अवैधरुपमा तेल, चिनी, दाल, सुर्तीलगायतका सामानहरु भित्रिए पनि भन्सार कार्यालयको ढिलासुस्तीका  कारण न्युन राजस्व असुली भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७३, आइतबार  ७ : ११ बजे