३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३ काे सुदमभिट्टालाई नमुना वस्ती बनाउन पुर्ण सरसफाई अभियान


१२ आश्विन २०७६, आइतबार  

0
Shares

20190929_172548

गाैरीगंज १२,असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित सुदमभिट्टा वस्तीलाई नमुना वस्ती बनाउने उधेश्यलेे पुर्ण सरसफाई अभियान थालिने भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे आयाेजनामा उत्त टाेलमा चर्पीकाे नियमित र समुचित प्रयाेग, साबुन पानीले हात धुने बानीकाे विकास, सुरक्षीत खाना, घरायसी सरसफाई, वातावरणीय सरसफाई, संरचनागत स्थायित्वलगायतका सात वटा सुचाङ्कलाई आधार मानेर उत्त टाेलमा पुर्ण सरसफाई अभियान थालिने भएकाे हाे । सुदमभिट्टा वस्तीमा विपन्न परिवारका करिब २५ घर पास्वान समुदायका मानिसहरूकाे बसाेवास छ ।
विराट सामुदायिक अध्ययन केन्द्रकाे सहजीकरण, ग्लाेवल स्यानिटेसन फण्ड र यु.एन. ह्याविट्याटकाे साझेदारीमा सञ्चालन हुने उत्त अभियानलाई सम्पन्न गर्न वार्ड अध्यक्ष मखना महताेकाे अध्यक्षतामा २१ सदस्यीय वडा स्तरिय खानेपानी, सरसफाई र स्वच्छता समन्वय समिति गठन भएकाे छ ।
समितिकाे सदस्यहरूमा हेमा आचार्य, सरिता शेर्पा, भवेश दास, सम्निदेवी पासवान, राजेन्द्र भण्डारी, दुर्लभमान श्रेष्ठ,विश्वराज रिजाल, पेशराज भट्टराई, गंगा राजवंशी,कल्पना थापा, लक्ष्मिनारायण श्रेष्ठ, सुरेन्द्रराज दाहाललगायत छन् । सुदमभिट्टा वस्तीसंगै वार्डका अन्य वस्तिलाई पनि पहिचान गरि क्रमिकरूपमा पुर्ण सरसफाई अभियानलाई निरन्तरता दिने वार्ड अध्यक्ष मखना महताेले बताए । पहिलाे चरणमा सुदमभिट्टा वस्तीलाई छनाैट गरि त्यहाँका विपन्न पास्वान समुदायका करिब २५ परिवारलाई पुर्ण सरसफाई अभियान अन्तर्गत समावेश गरि त्यस वस्तीकाे मुहार फेर्ने याेजनाका साथ अघि बडेकाे अध्यक्ष महताेले बताए ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं१,२ र ४ मा पनि पुर्ण सरसफाइ अभियान थालिने विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयाेजक अर्जुन पाठकले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ४२ बजे