३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको अध्यक्षमा नविन चापागाई


१८ बैशाख २०७३, शनिबार  

0
Shares

दमक १७, बैशाख  /  राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको चौथो अधिवेशनले शुक्रवार डाक्टर नविन चापागाईलाई अध्यक्ष चयन गरेको छ ।
दमकमा भएको अधिवेशनले जिल्ला समितिको वरिष्ठ उपाध्यक्षमा धनञ्जय वास्कोटा , उपाध्यक्षहरुमा गोपी कृष्ण भटराई र सरस्वती भुर्तेललाई  चयन  गरेको हो । यसै गरी जिल्ला समितिको सचिवमा डिल्ली मैनाली , सहसचिवमा चैतन्य वराल र कोषध्यक्षमा मिठु पाठक सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
निर्वतमान जिल्ला समितिका अध्यक्ष रुपक खनालको अध्यक्षतामा भएको अधिवेशनले जिल्ला सदस्यहरुमा  टिका प्रसाद कटेल , गंगाराम दाहाल ,कृष्ण प्रसाद घिमिरे , राम प्रसाद मैनाली , दिपेन्द्र दाहाल र श्याम कुमार पौडेल लगायतलाई चयन  गरेको छ । अधिवेशन केन्द्रिय सदस्य कोमल प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७३, शनिबार  ३ : ०३ बजे