
गौरीगंज २६, भदौं /  गौरीगंज गाउँपालिका वार्ड नं. ६ र ३ मा व्यवस्थित नालासहितको पीचबाटो निर्माण हुने भएको छ । सघन सहरी विकास कार्यालय चन्द्रगढीले भ्याटसहितको रु १३ करोड रुपैया“को लागतमा ३ किलोमिटर पीचबाटो निर्माण गर्न लागेको हो ।
गौरीगंज गाउँपालिकाको वार्ड नं. ६ को खजुरगाछी बजार अन्तर्गत मुनलाइट एकाडेमी देखि सिधा  पूर्व रुपक श्रेष्ठको पुस्तक पसल   उत्तर शिवालय मन्दिरहुदै कृष्ण उप्रेतीको घरसम्म र रुपक श्रेष्ठको पुस्तक पसल देखि सिधा दक्षिण गोल्छा मिलको गेट हुदै महेन्द्रनगर वस पार्कको दक्षिणछेउ  हुदै उत्तर सिधा त्रिभुवन आदर्श पुस्तकालयसम्म  व्यवस्थित नालासहित पीच निर्माण हुने कार्यालयका इन्जिनियर प्रतिक भट्टराईले बताए । त्यसैगरी  वार्ड नं. ३ को बुधबारे बजार,त्रिमुर्ति चौक, गौरीगंज चौक, दुर्गा मण्डलघरदेखि ज्ञानकुञ्ज स्कुलहुदै गेउरिया खोलासम्म नालासहितको  पीच बाटो निर्माण हुनेछ । नालासहतिको कहि १२ मिटर, कहि ९ मिटर चौडा बाटोको अवस्था हेरी निर्माण हुदै गरेको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । बाटो दुवै पट्टीको नालाको चौडाई १.५० मिटर रहने गरी नाला  निर्माण गर्ने कार्य भईरहेको  छ ।  गत जेठ महिना ठेक्का सम्झौता भएको कार्यालयले   २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने   छ ।  ठाउँ ठाउँमा ढुगांको वालसहितको पानी निकास गर्ने नालासमेत निर्माण गर्ने सम्झौता छ । कार्यालयले ठेक्का सम्झौता अघि नै कार्य सम्पन्न गर्न र गुणस्तरिय बाटो बनाउन  ३ वटा समुहमा कार्य विभाजन गरी निर्माण कार्य अघि बढाएको छ । 
 
                                

 
                                                            




