५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापाकाे दुई स्थानमा बम विस्फाेट


२३ भाद्र २०७६, सोमबार  

0
Shares

20190909_070743
बिर्तामोड २३, भदाै / झापाको दुई स्थानमा आज राती बम बिस्फोट गराइएको छ । प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने सुरक्षा अधिकारीले बताएका छन् ।

बिर्तामोड – २ मा रहेको सहारा नेपालको प्रधान कार्यलय चारपाने र गौरादस्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्ने सवारीमा एकै समयमा बिस्फोट गराइएको झापा प्रहरीले जनाएको छ ।

सहारामा प्रेसर कुकर बम बिस्पोट हुँदा कार्यलयको झ्याल र गार्डसकक्ष पूर्णरूपमा क्षति भएको बताएको छ । यस्तै बिस्पोटबाट गौरादह नगरपालिकाको सवारीमा क्षति पुगेको छ ।

दुबै स्थानमा टाइमिङ फिट गरेर राती १२:३० मा बिस्पोट गराइएको प्रहरीले जानकारी दिएका छन् । झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले रातीनै घटानास्थलको अवलोकन गरेका छन् ।
ईजलासबाट

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : ३४ बजे