
गाैरीगंज ११, भदाै/  गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले  संचारमाध्यममा दिएकाे अभिव्यक्तप्रति  नेेेेेपाल   शिक्षक महासंघ गाैरीगंजले आपत्ति जनाएकाे छ ।
 महासंघ  गाैरीगंजले आज एक विज्ञप्ति प्रकाशित गरि गापा अध्यक्ष श्रेष्ठले  एमएम प्लस गाैरादहमा दिएकाे  अभिव्यक्ति  सम्पुर्ण शिक्षकहरूकाे मान मर्दन भएकाे ठहर गर्दै  शिक्षा ऐन र  शिक्षा नियमावली   विरूद्व  रहेकाे ध्यानाकर्षण गराएकाे छ । गाउँपालिका अध्यक्ष जस्ताे गरिमामय पदमा आसिन व्यत्तिले शिक्षकहरूलाई  दण्ड र सजायकाे व्यवस्था  चाेकमा गर्ने भन्नू अध्यक्षकाे अधिकारभित्र  नरहेकाे भन्दै अभिव्यक्ति नसच्चाए आन्दाेलनमा उत्रिन बाध्य हुने  विज्ञप्तिमा जनाएकाे छ ।
नेपाल शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादवकाे हस्ताक्षरित विज्ञप्तिमा नेपालकाे हरेक शैक्षिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक  परिवर्तनमा शिक्षकहरूकाे  अमुल्य  त्याग र वलिदान गरेकाे भन्दै शिक्षा ऐन र नियमावली बमाेजिम शिक्षकलाई दण्ड र सजाय हुनुपर्ने माग गरिएकाे छ । 
११ भदौ २०७६, बुधबार
                                0
                           
Shares
                         
                                

 
                                                             
                    
                



