४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

संस्थाल समुदायको चियापान


१४ बैशाख २०७३, मंगलबार  

0
Shares

विर्तामोड १४, वैशाख/ नेपाल सन्थाल विकास संघले नयाँ वर्ष २०७३ सालको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम बिर्तामोडमा  सम्पन्न गरेको छ । नावा बछर सागुन सेर्माको उपलक्ष्यमा संघले बिभिन्न राजनैतिक दल र जातीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष पदम तामाङको प्रमुख आतिथ्य एवम् बडाराम हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत माओवादीका नगर कमिटी अध्यक्ष अरुण श्रेष्ठ, राप्रपा नेपालका नगर अध्यक्ष शंकर रिजाल, नेपालआदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका दिलिप बास्के लगायतले बोल्नुभएको थियो । संस्थाकी सहसचिव सरु टुडुले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन देवान टुडुले गर्नुभएको थियो ।abc

प्रकाशित मिति : १४ बैशाख २०७३, मंगलबार  ६ : २८ बजे