५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंज ईलाका प्रशासन कार्यालयबाट आज पहिलाे दिन ४० जनालाई नागरिकता वितरण


२४ चैत्र २०७५, आइतबार  

0
Shares

IMG_20190407_141836

गाैरीगंज २४, चैत / जन्मसिद्वका आधारमा नागरिकता लिएका बुवाआमाका छाेराछाेरीले नागरिकता पाउनेक्रम शुरू भएकाे छ ।
जन्मसिद्धका आधारमा नागरिकता लिएका अभिभावकहरूका छाेराछाेरीहरूले वंशजकाे नागरिकता पाउनेक्रम लामाे समयदेखि राेेेकिएकाे थियाे । गाैरीगंज गाउँपपालिका र गाैरादह नगरपालिकाभित्रका ४० जना नागरिकहरूले आज पहिलाे दिन नागरिकता पाएका छन् ।
दक्षिणक्षेत्रकाे गाैरीगंजमा रहेकाे ईलाका प्रशासन कार्यालयमा नागरिकता लिने नागरिकहरूकाे भिडभाड लागेकाे छ भने नागरिकता पाउनेक्रम सहजरूपमा सञ्चालन भईरहेकाे ईलाका प्रशासन कार्यालयका प्रमुख राजु दाहालले बताए । गाैरादह नगरपालिका वार्ड नं ६ का अजय साहले यस कार्यालयबाट पहिलाे नागरिकता लिएका छन् । नेपाल सरकारकाे मन्त्रीस्तरिय निर्णयबाट जन्मकाे आधारमा नागरिकता लिएका वावुआमाका सन्तानलाई वंशजका नागरिकता दिनु भनी ७७ वट‌ैै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारीगरे अनुसार नागरिकता दिने क्रम शुरू गरिएकाे हाे ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ३५ बजे