
गाैरीगंज ६, माघ / वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ झापाकाे आयाेजनामा रासायनिक विषादी विस्थापन आर्घानिक औषधि उत्पादन र भान्सा नै औषधालय निर्माण सम्वन्धि आज गाैरीगंजमा एक दिने तालिम सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे व्यवस्थापनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा थिए ।
रासायनिक विषादीकाे विकल्पकाे रूपमा अर्घानिक विषादीकाे प्रयाेग गर्नेे उधेश्यले आयाेजना गरिएकाे तालिममा आमा
र माटाेकाे स्वास्थ सुधारबाट मात्र भान्सा घर नै औषधालय निर्माण हुने र अर्घानिक विषादीकाे प्रयाेग हुने तालिममा सहभागिलाई बताईएकाे थियाे ।
२१ जडिबुटी तैयारीकाे आधारपछि खानेबानीमा परिवर्तन गर्ने, खान सिक्ने र बनाउन सिकियाे भने भान्सा औषधालयमा परिवर्तन हुने तालिमका सहजकर्ता कृषि तथा वातावरण विज्ञ राेमलाल गिरीले बताएका थिए ।
वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका विज्ञ गिरीले जमिन जडीबुटी उधान र भान्सा नै औषधालय निर्माणबाट असल नागरिक बन्ने र घरघरमा माइक्राे ईन्टरप्राईजेजकाे निर्माण भई समृद्ध गाैरीगंज सुखी गाैरीगंजबासी बन्ने तालिममा बताएका थिए । ।
गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वातावरण विज्ञ शिवराम ढकाल र बस्तु तथा सेवा उपभोक्ता संरक्षण संघका केन्द्रीय सदस्य नेत्र कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गाैरीगंज गाउँपालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्य, वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघका प्रदेश अध्यक्ष जयप्रसाद ढुंगानालगायतकाे सहभागितामा भएकाे कार्यक्रमकाे स्वागत संघका झापा उपाध्यक्ष केदार ढुंङ्गेलले गरेका थिए भने सञ्चालन संघका सचिव तारा गाैतमले गरेका थिए ।
८० जना भन्दा बढी सहभागीता रहेकाे कार्यक्रममा तालिमपछि गाउँपालिका स्तरिय समिति गठन गरिएकाे छ ।








