५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वर्तमान सरकार असफल भैइसकेको कांग्रेस केन्द्रिय सदस्त तथा पुर्व मन्त्री महेन्द्र यादवको आरोप


१८ पुस २०७५, बुधबार  

0
Shares

20190102_144511

दमक १८, पुस /
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार असफल भैसकेको आरोप लगाउनु भएको छ ।
दमकमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता यादवले वाइडवडी खरिद प्रकरण, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या काण्ड लगायतका घटनालेनै सरकार असफल भैसकेको प्रमाणित गरेको दाबी गर्नु भयो । सरकार चौतर्फी असफल भईसके पनि प्रधानमन्त्रीले रमिता मात्रै हेरेर बसेको उहाँले टिप्पणी गर्नु भयो ।
नेता यादवले सरकारले संविधान मिचेर जनताका अधिकार खोस्न कुचेष्टा गरेको पनि उल्लेख गर्नु भयो । उहाँले कांंग्रेसले संविधान विरोधी सवै खाले आक्रमणको विरुद्ध संसद र सडकमा गएर आन्दोलनमा जानुपर्ने अवस्था आएको वताउनु भयो ।
संंघियता कार्यान्वयन गर्न केन्द्रीय सरकार गैरजिम्मेवारका रुपमा देखिएको उहाँको आरोप छ ।
इलाम र पाँचथरका कार्यक्रममा सहभागी भएर फर्किएका नेता यादवले दमकका पार्टी अगुवा कार्यकर्ताहरुसंग समेत अन्तरकृया गर्नु भएको थियो । कार्यकर्ता माझ उहाँले कांग्रेस बलियो भए मात्र लोकतन्त्र वलियो हुने भएकाले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि अव कांग्रेसका आम कार्यकर्ताहरु एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार  ९ : ०० बजे