५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ने. बि.संघ गौरादहको नगर सभापतिमा नेपाल सर्बसम्मत


५ पुस २०७५, बिहिबार  

0
Shares

गौरादह ५, मङ्सिर / नेपाल बिध्यार्थी संघ गौरादह नगर समितीको प्रथम नगर सम्मेलनबाट बाबुराम नेपालको सभापतित्वमा १३ सदस्यीय नगर कार्यसमिती सर्बसम्मतले चयन गरिएको छ । नेपाली काङ्ग्रेस गौरादह नगर उपसभापती कुन्दन गिरिको सभापतित्वमा गौरादह कृषि क्याम्पसको सभाहलमा हिजाे आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा न ९ का वडा अध्यक्ष सिताराम भट्टराई , अतिथिहरुमा गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जीवन राई , वडा न २ का वडा अध्यक्ष हेमन्त कार्की , लायन्स क्लब गौरादहका च्याप्टर प्रेसिडेन्ट भुपाल राज कटवाल,इमान सिंह तामाङ , ने बि संघ जिल्ला सदस्य रामचन्द्र अधिकारी दमक बहुमुखी क्याम्पसका स्व. बि. यु. सभापती बिनोद गुरागाइ लगायतको उपस्थिती रहेको थियो । नेपाली काङ्ग्रेस जिल्ला प्रतिनिधि बद्री कार्की र ने. बि. संघ जिल्ला सदस्य रामचन्द्र अधिकारीको रोहबरमा नबगठित कार्यसमितीको उप सभापतीमा सृजना भन्डारी ,सचिब धनार्जन चौहान ,सह सचिब दिवस ठाकुर ,कोसाध्यक्षमा मुना रेग्मी , सह कोसाध्यक्षमा चन्द्र प्रसाद राजवंन्सी रहेका छन । त्यसै गरि कार्यसमिती सदस्य हरुमा सुजन थापा , नबराज रिजाल , सुरज प्रसाईं ,मान बहादुर पराजुली ,सुबास तामाङ ,र रोजिना भण्डारी रहेका छन ।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ७ : २० बजे