५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बहुमतकाे दम्भबाट गरिएकाे निर्णयप्रति नेपाली कांग्रेस गाैरीगंजकाे अापति हेर्नुहाेेस विज्ञप्ति


२१ मंसिर २०७५, शुक्रबार  

0
Shares

20181207_194308

गाैरीगंज २१,मंसिर /

झापाको गौरादह नगरपालिकामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले स्थानिय सरकार सञ्चालन ऐन
र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गाैरीगंज गाउँसमितिले एक विज्ञप्ति प्रकाशित गरि अाज त्यसको आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस गाैरीगंज वार्ड नं १ का सभापति दिनेश्ववर राजवंशी, वार्ड नं२ का सभापति अघनु राजवंशी, वार्ड नं ३ का सभापति राजेन्द्र कार्की र वार्ड नं ६ का सभापति बद्रीनारायण यादवकाे संयुत्त हस्ताक्षरित विज्ञप्तिमा मंसिर १३ गते नगरपालिकाको बैठकमा तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहुमतको आडमा नगर प्रमुखको अधिकारलाई कटौती हुने गरि उप प्रमुखको अध्यक्षतामा बैठक बसी निर्णय गर्नु बहुमतको दम्भ देखाइ सर्वसत्ताबाद लाद्न खोजेको नेपाली कांग्रेस गाैरीगंज गाउँसमितिले ठहर गरेकाे छ । यस कदमले मुलुकको प्रचलित कानुनको घोर अपमान गरेकाे र दण्डिहिनता बढाउन उद्वत रहेकाले विज्ञप्तिमार्फत नेपाली कांग्रेसले त्यसकाे खेद प्रकट गरेको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा स्थानिय तहको कार्यपालिकामा बहुमत र अल्पमतको कल्पना समेत नगरेको भन्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले आफ्नो अधिकार अनुसार स्थगित गरेको बैठक पछि उप प्रमुखको अध्यक्षतामा बैठक बसेको भन्नु सरासर कानुन बिपरित रहेको बताईएको छ ।
विज्ञप्तिमा भनिएकाे छ – ‘बैठककाे क्रममा बहुमतकाे दम्भ देखाएर विभिन्न निर्णयमा हस्ताक्षर गर्न लगाई मेयरलाई रबर स्ट्याम बनाउन खाेज्नु विभिन्न कार्यविधिमा प्रमाणिकरण गराउन खाेज्नु र मेयरले स्थगन गरेकाे बैठकलाई साेहि दिन तत्कालै उपमेयरकाे अध्यक्षतामा बैठक बस्नु संघीय लाेकतान्त्रिक गणतान्त्रिक शासन पद्वतिकाे खिल्ली उडाउनु मात्र हाेइन, शासन विधिकाे हाेेइन व्यत्तिकाे हुनुपर्छ भन्ने मानसिकताबाट अाएकाे साेच न्यायप्रेमी गाैरादह नगरबासी तथा सम्पुर्ण न्यायप्रेमी नेपालीहरूकाे लागि राम्राेे हुन सत्तैन ।’
स्थानिय सरकार सञ्चालन सम्बन्धि कार्यविधिले गरेकाे निर्देश बमाेजिम भए गरेका गल्ती कमजाेरीलाई सच्याई सहमति र सहकार्यकाे माध्यमबाट गाैरादह नगरकाे समृद्वि र विकासका लागि अघि बढ्न नेपाली कांग्रेस गाैरीगंज गाउँसमिति विज्ञप्तिमार्फत अाग्रह गरेकाे छ ।

20181207_193754

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  २ : ०४ बजे