५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नगर परिषद सदस्यले लेखे नगर प्रबक्तालाई खुल्ला पत्र !


१८ मंसिर २०७५, मंगलबार  

0
Shares

cd025b715cbc9f0e8879ec42b5213134.0
गाैरादह १८ , मङ्सिर /
अध्यक्ष नगेन्द्र भन्डारी गौरादह नपा वडा न १

गल्ती मानवबाट नै हुन्छ, त्यसलाई हामीले आफै सच्याउनुपर्छ । शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ । नगर र वडा बाट भएका त्रुटी कमजोरीहरुको नैतिक जवाफदेहिता हामी सबैको हो । मेयरले स्थगन गरेको बैठक नेकपाबाट निर्बाचित जन- प्रतिनिधिहरुको मात्र उपस्थितिमा उप-प्रमुखलाई सञ्चालन गर्न लगाएर संबिधान र स्थानिय निकाय नियमाबली तथा निर्देशिकालाई टेकेर विधिको शासनलाई लत्याएर गौरादह न.पाका जनताको मतको अपमान गर्नु पटकै राम्रो कार्य भएन । नगर्नु गरीसके पछि ढाकछोप गर्न कानुनी सल्लाहकारका रुपमा नगरमा चिनुनु हुने उजुरी प्रशासक ज्युलाई ” मेयरले आफैले बहिस्कार गर्नु भएको ” बैठक भन्ने गलत प्रचार गराउने र उहाको बौद्धिकता माथि प्रश्न आउने वातावरण बनाउने पत्रकारलाई जानकारी गराउने र पत्रकारहरुलाई गलत तवरको प्रयोग गर्ने ! अब कति दिन सम्मलाई हो ? वडा अध्यक्ष जस्तो गरिमामय पदमा रहनु हुने गजेन्द्र घीमेरे ज्यु पनि सामाजिक सन्जालमा चुक्नु भएको देख्न पाईयो ! बधाई छ वहालाई नी “छोडेर हिडेको “भनेर लेखिदिनु( फोटो मुनी ) कतिको सान्दर्भीक हुन्छ । नगरका रास्ट्रसेवक कर्मचारीले दुई वटा बैठकको निर्णय लेख्दा (फोटो तल )एउटा निर्णयपुस्तिकामा स्थगन गरियो लेखेको छ र नगर प्रमुखको हस्ताक्षर देखिन्छ र विधिवत स्थगन पछि अर्को निर्णयमा “मेयर बैठक छोडेर गएपछि “लेखिनु नगर प्रमुख प्रतिको अपमान मात्र होइन गौरादहका आम जनताको जनमतको समेत अपमान र अनादार र बहुमतको दम्म हो भन्ने मेरो बुझाइ रहेको छ । जसबाट जनताले नै स्पस्ट बुज्ने गरी छ— किन यति धेरै भ्रम छर्नु पर्ने थियो र दाई ? मैले बुज्न सकिन ! तल मैले हालेको प्रतिबिम्ब हेर्नु होला । त्यसको पुस्ट्याइ हुनेछ ।
ने .का १ न वडा सभापति इन्द्र गौतमले उठाउनु भएको विषय बस्तु भन्दा फरक गएर परिषदले महिनौ अगाडी पास गरेको वडाको योजना छनोटको प्रतिबिम्वित निर्णय देखाएर (फोटो तल )किन भ्रम पार्नु भएको हो बुझिएन ? असल नेता उखु जस्तै हुनुपर्छ जसलाई भाच्दा काट्दा निचोर्दा मीठास मात्र आउछ । आएका कमजोरी तथा आलोचनालाई राम्रो ग्रहण गर्नुस ,प्रतीपक्षसंग मिलेर अगाडि बडन्नुस ।
। आफु पारदर्शी बन्नुहोस नगर प्रबक्ताको भुमिका निभाउनुस नगरपालिकाबाट नेपाल सरकारको निर्देशन अनुरुप वेब साइट , पेज र आइडी मार्फत कार्यपालिकाको निर्णय नगर प्रबक्ता भएको हैसियतले सार्बजनिक गर्नुस । १८ महीनासम्मको कार्यपालिकाको निर्णय सार्वजनिक नगरीनुको बलीयो रहस्य बुज्न पाउ नगर प्रबक्ता नगेन्द्र भन्डारी ज्यु ? परिषदमा पटक पटक कुरा उठाएको तर नगरिदा लेख्न बाध्य भए । वडाको निर्णय पनि सोही बमोजिम सुचित र सार्बजनिक गर्दै जनतालाई वडा सूचना बोर्ड मार्फत पत्रपत्रिका मार्फत सुचना दिनुस अनुरोध छ मेरो । उपभोक्ता समिती गठन प्रक्रिया नियामाबली अनुरुप कार्य गर्नुस , कार्यकर्ता मुखी होइन वाड सदस्यहरुसंग समन्वय गरी जनमुखी बन्नुस दाई , भर्खरै ८ वटा उपभोक्त समिति गठन गर्नु भएछ , म वाड सदस्यलाई, वाड सदस्य गङगा बी.क लाई , निर्बाचीत चन्द्र सुब्बालाई न प्रतिपक्ष दलको नेता न त टोल बिकास समितिका अध्यक्ष देबेन्द्र खड्कालाई समेत बेखबर गर्ने तपाईको कस्तो राजनिति हो जान्न पाउ ? यता मेयरले सर्बसत्ताबाद लादेको भनि लेख्नुहुन्छ ( फोटो तल स्क्रीन शट) हेर्नु होला आफैले लेखेको । अनि तपाई चाही वाडमा आफु खुशी मनोमानी गर्ने किन यस्तो दाई ? की प्रष्ट भनिदिनुस न त हामी काग्रेसबाट आएको जनप्रतिनिधि हौ त्यसैले बिभेद गर्छौ गरि रहन्छौ ।
तपाई केही सम्भावना बोकेको ब्यक्तित्व भनेर कतिपय कुरामा आखा नै चिम्लिदिएर परिषदमा मात्र कुरा राखिदिएकै हो । निदाएको सम्झझिनु भएछ त्यो तपाईको भ्रम हो हटाउनुहोला । १७ महीनासम्म सहयोग गरेकै हु फेरि नि गरौला । अलि गतिशिल बन्नुहोला सुनौलो र उज्ज्वल भबिस्यको शुभकामना तपाईलाई ।
:—कोमल प्रसाद ढुगाना
वडा सदस्य ,वडा न १ गौरादह नगरलापिका ,झापा
प्रदेश न १, नेपाल …जय गौरादह

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ४ : २९ बजे