५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

ग्रामिण पत्रकार मञ्चकाे अायाेजनामा चेस प्रतियोगिता हुने


११ कार्तिक २०७५, आइतबार  

0
Shares

20181028_191300
गाैरीगंज ११ , कार्तिक / ग्रामिण पत्रकार मञ्च गाैरादह गाैरीगंजले कार्तिक २१ गते नगर तथा गाउँपालिका स्तरिय चेस प्रतियोगिता गर्ने भएकाे छ ।
मञ्चका अध्यक्ष बेनु अधिकारीकाे अध्यक्षतामा अाज झापाकाे गाैरादहस्थित ग्वालडुब्बामा बसेकाे बैठकले शुभदिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान तथा चेस प्रतियोगिता गर्न लागेकाे हाे ।
मञ्चले संस्थाका सदस्य तथा पत्रकार सान नेपालकाे संंयाेजकत्वमा प्रचार प्रसार तथा अार्थिक समिति समेत गठन गरेकाे छ । चेस प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दाेस्राे हुनेलाई ३ हजार र तेस्राे हुनेलाई २ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिने मञ्चका सदस्य तथा प्रचार प्रसार समितिका संयाेजक सान नेपालले बताउनुभयाे ।
उनका अनुसार शुभकामना अादानप्रदान तथा चेस प्रतियोगिता
गाैरादह स्थित कृषि क्याम्पसमा हुने छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतबार  १ : ३० बजे