३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ग्वाल्डुब्बा बजार सर्यो , सुबिधा सम्पन्न बनाइने मन्त्रीको आश्वासन


५ कार्तिक २०७५, सोमबार  

0
Shares

20181021_194948
युबराज रेग्मी ग्वाल्डुब्बा ५, कार्तिक / गौरादह नगरपालिकाको पुुुुरानाे बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १००मिटर पुर्ब सरेको छ । नयाँ बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ ।बजार स्थलमा आवश्यक पर्ने बिजुली , खानेपानी, सार्बजनिक
शाैचालय निर्माण गर्न टेन्डर अाव्हान कार्य सम्पन्न भएको छ । बजार स्थल जाने बाटोमा उच्चस्तरिय ग्राभेल गरिने साथै बजार स्थलमा थप ६० कोठे टहरा निर्माण गरिने र बजार वरपर रिङरोड बनाइने योजना रहेको छ । प्रदेस सरकारसंग सहयोगको अपेक्षा साथै सहरी बिकास मन्त्रालयसंग सहजिकरण गरिने साथै आगामी दिनमा नगरपालिकाबाट प्राप्त हुने बजेट बाट पनि पुर्बाधार निर्माण गर्दै लगिने वडा अध्यक्ष बलराम खरेलले बताए । मन्तब्यका क्रममा नमुना अङ्रेजी माध्यमिक बिध्यालयका प्रिन्सिपल धुर्ब गौतमले आधुनिक बजार निर्माणकार्यमा योगदान गर्ने जग्गा दाता र ग्वाल्डुबाका साना देखि ठुला ब्यापारिको योगदानको चर्चा गरेका थिए । अमर बिस्ट ,राजकुमार अधिकारि , हस्त बहादुर राउत र पबन साहको योगदान उल्लेख्य रहेको र साना व्यापारीहरुमा जोगिलाल राजबन्शी ,बैधनाथ कुमार साह ,मदन साह बिस्वास साह ,बच्चा साहु ,र नगेन्द्र साहको योगदान पनि महत्वपूर्ण रहेको गौतमले बताए । राजकुमार अधिकारिको सभापतित्वमा सन्चालित कार्यक्रममा प्रमुख अतिथी प्रदेस न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की , विशिष्ट अतिथीहरु नगर प्रमुख रोहित कुमार साह , उप प्रमुख गिता भेट्वाल ,गौरिगन्ज पालिका उपाध्यक्ष दिपेन्द्र थापा , अतिथीहरु वडा अध्यक्ष बलराम खरेल , वडा न ९ का वडा अध्यक्ष सिताराम भट्टराई , गौरादह बाणिज्य संघ अध्यक्ष जीवन राई , नेकपा गौरादह नगर अध्यक्ष मित्रदेब काफ्ले, प्रगती माबिका प्रअ मान बहादुर घिमिरेलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री कार्कीले ग्वाल्डुबा बजार सुबिधा सम्पन्न गर्न बिस्तृत परियोजना प्रतिबेदन (DPR) तयार गरि अघि बढे प्रदेस सरकार बाट आबस्यक सहयोग हुने आस्वासन दिए । मन्त्री कार्कीबाट उद्घाटन गरिएको बजारमा आज दसै मेला समेत लागेको र स्थानिय सस्कृति झल्किने सन्थाल नाचले मेला लाई सौन्दर्य र रोमान्चित बनाएको र मेला र नया बजार हेर्न गौरादह नगर वरपर बाट करिब उल्लेख्य संख्यामा स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो । त्यसैगरी सन्थाल प्रतियोगितात्मक नृत्य देखाईएकाे थियाे । विभिन्न संथाल नृत्यले मेला भर्न अाएका दर्शकहरूलाई मनाेरञ्जन दिएका थिए । उनीहरू बर्सेनि लाग्ने याे मेलामा नृत्यमार्फत अाफ्नाेकला र संस्कृतिलाई जगेर्ना गर्न टेवा पुग्ने विश्वास गर्छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार  १२ : २८ बजे