४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा लागुअाैषध प्रयाेग कर्ता दिनानुदिन बढ्दै


२४ आश्विन २०७५, बुधबार  

0
Shares

FB_IMG_1539157869256

गाैरीगंज २४, असाेज / पछिल्लो समय झापामा लागु औषध प्रयोगकर्ता बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न जेलमा थुनेर मात्र नभई जरैबाट हटाउन सवैले सहयोग गर्नु पर्नेमा जोड दिइएको छ ।
आज गाैरीगंजमा भएको लागु औषध दुव्र्यसन विरुद्ध अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवाला निकायका उच्च तथा जिम्मेवार पदाधिकारीले सो कुरा बताएका हुन । गाैरीगंज गाउँपापालिकाकाे आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाकाे सहजिकरणमा भएको कार्यक्रममा पछिल्लो समय झापा समेत तिव्ररुपमा लागु औधष प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको बताइएको छ ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनराज दाहालले विश्वमा नै लागु औषध तथा दुव्यर्सनको समस्या बढ्दै गएकोले यसको न्यूनिकरणमा स्थानीय निकायले चासोका साथ पहल तथा कार्य गर्नु पर्ने बताउनुभयो ।
यस्तै अभिमुखिकरण कार्यक्रमका चेतना नेपालका प्रशिक्षक इन्द्र प्रसाद ओलीले नागरिक र अभिभावक सवैले पहल गरे मात्र दुव्यर्सनी सम्बन्धीको समस्या कम भएर जाने बताउनुभयो । कार्यक्रममा मंदिरा नियन्त्रण तथा विक्री वितरणकाे एेन कानुन, मंदिराकाे निकाशी पैठारी नियन्त्रण र पुरस्कार सम्वन्धि जानकारी गराएकाे थियाे । लागुअाैषधकाे प्रयाेगकर्ता झापामा २०६९/७० मा ६ हजार ८ सय जना रहेकाेमा हाल १३ प्रतिशतले बढेर ११ हजार भन्दा बढी पुगेकाे कार्यक्रममा जनाइएकाे थियाे । लागू अाैषधकाे प्रयाेगले सामाजिक वातावरण विग्रेकाे र पारिवारिक बेमेल भएकाे जनाउदै कार्यक्रममा नैराश्यता, साथीकाे दवाव देखासिकीमा
लागुअाैषधमा फसेकाे जनाईएकाे थियाे । समाजका ७९.२ प्रतिशत मानिसहरू लागुअाैषध सेवन गरेकाे एक सरकारी अध्ययनमा उल्लेख गरिएकाे छ । झापामा मात्र २०६९ / ७० मा २ सय महिलाहरू लागू अाैषध सेवनमा लागेकाे र हाल १३ प्रतिशतले बडेर १३ सय महिलाहरू लागू अाैषध सेवनमा फसेकाे जनाइएकाे थियाे । त्यसैगरी इलाका प्रहरी कार्यालय गाैरीगंजका प्ररहरी निरीक्षक टेकेन्द्र पाैडेलले लागु औषध प्रयोगकर्तालाई थुनेर मात्र नभई सवैले चासो दिएर जरा उखेल्ने प्रयास गर्नु पर्ने बताउनुभयो । प्रहरी निरीक्षक पाैडेलले आफूले यो विषयमा नाका देखि लिएर कारोवार गर्नेसम्म कडाईका साथ कदम चालेको दावी गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पाेख्रेल, अनुसन्धान विभागका उपनिर्देशक नगेन्द्र दाहाल, झापा जिल्ला प्रहरी उपरिक्षक भिमप्रसाद ढकाल, इलाका प्रशासन कार्यालय गाैरीगंज प्रमुख यज्ञप्रसाद अाचार्य,
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, सशस्त्र सीमा सुरक्षा बल गाैरीगंजका प्रहरी निरीक्षक दिपक खड्का, नेपाली कांग्रेस महाससमिति सदस्य फुलबती राजवंशी, महासमिति सदस्य घनश्याम रिजाल, गाउँपालिकाका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवीलगायतकाे सहभागिता थियाे ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  १ : ५३ बजे