४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बोधराज बचाउ अभियानमा सहयोग जुटाउदै जीवन राई


२ आश्विन २०७५, मंगलबार  

0
Shares

91c1a83bcb03d5354ef17a69f65adc0f.0

युबराज रेग्मी
गाैरादह २, असोज / गौरादह नगरपालिका वडा न ९ बैगुन्धुरा निवासी मिर्गौला पिडित बोधराज खनाललाई आर्थिक सहयोग गरि सक्नु भएका गौरादह बाणिज्य संघ अध्यक्ष जिबन राईले उनलाई थप रकम जुटाउने अभियानमा लाग्नु भएको छ । बिदेशमा बस्ने आफ्ना साथीभाईबाट संकलन भएको नगद रु २० हजार बोधराजलाई हस्तान्तरण गर्नु भएको छ । गौरादह १ निवासी हाल दुबईमा बस्नु हुने ध्यान केसिले त्यहा बस्ने नेपालीहरुबाट संकलन गरि उक्त रकम पठाउनु भएको थियो । सहयोगकाे अपिलको समाचार सामाजिक सन्जालमाबाट बाहिर आएपछि देश बिदेशबाट ठूलो रकम संकलन भएकोले अब बाच्ने आसपलाएको बाेधराज बताउँछन् । करिब ६ लाख जति रकम संकलन भैसकेको र अझै पनि रकम जुट्नेक्रम जारी रहेको उनी बताउँछन् । केहि दिन अघि रू ५ हजार बोधराज लाई सहयोग हस्तान्तरण गरिसकेका जीवन राइले हिजै मात्र गौरादह १ निवासी शरिरमा रगत उत्पादन नहुने रोग बाट ग्रस्त भइ थलिएकि बबिना ताजपुरियालाई रु ४० हजार सहयोग रकम जुटाइ हस्तान्तरण गरेका थिए । सामाजिक कार्यमा अनबरत सहयोग गर्दै आएका राई गौरादह बाणिज्य संघका अध्यक्ष र प्रजिना कन्स्ट्रक्सन कम्पनी का प्रोपाइटर पनि हुन ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ११ : ३० बजे