३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंजमा लागुअाैषध सेवन प्रयाेेगकर्ता न्युनिकरण गर्न प्रहरीले मगायाे ‘कीट’


२ आश्विन २०७५, मंगलबार  

0
Shares

20180918_111814

गाैरीगंज २, असाेज / गाैरीगंज गाउँपालिकामा पछिल्लो समय अापराधिक गतिविधि बढेकाे भन्दै प्रहरीले कडा निगरानी गर्न थालेकाे छ । अापराधिक गतिविधिलाई न्युनिकरणका लागि गाैरीगंज प्रहरीले १० वटा किट ( लागुअाैषध सेवन गरे नगरेकाे जाच्ने ) मगाएकाे छ । पछिल्लो समय गाैरीगंज क्षेत्रमा लागुअाैषध सेवन गरि अापराधिक गतिविधि गर्ने समूह सक्रिय भएकाे भन्दै प्रहरीले कीट मगाएकाे हाे ।

ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलका अनुसार पहिलाे चरणमा १० वटा कीट मगाएकाे जानकारी दिनुभयाे । उहाँका अनुसार कुनै पनि व्यत्तिलाई लागुअाैषध सेवन गरेकाे प्रहरीलाई अाशंका लागेमा त्याे व्यत्तिकाे पिसाबमा कीट प्रयाेग गरि फेन्सिटल सेवन गरेकाे हाे कि वा गाजा, चरेस, अफिम वा अरू कुनै प्रकारकाे लागुअाैषध सेवन गरेकाे पत्ता लगाउन सकिने छ ।
एउटा किट एक व्यत्तिलाई मात्रै जाच्न सकिने भएकाेले लागुअाैषध सेवन गरेकाे प्रमाणित भए कानुन बमाेजिम कार्वाही गर्न प्रहरीले कुनै कसर बाकी नराख्ने प्रहरी निरीक्षक पाैडेलले बताउनुभयाे ।

अापरािधक गतिविधि न्युनिकरणका लागि प्रहरीले पिक अावरमा दिनकाे दुई पटक सीमा क्षेत्रमा चेक जाँच गर्ने गरेकाे र फत्तेपुर सीमानाकामा सशस्त्र प्रहरी टाेलीले सीमा वारिपारी गर्ने प्रत्येक व्यत्तिलाई चेक जाँच गर्ने र त्यसकाे रेकर्ड राख्ने गरेकाे सशस्त्र सीमा सुरक्षा बल गाैरीगंजका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिनुभयाे । प्रहरीले हप्ता दिन भित्र लागुअाैषध सेवन गरेकाे अाशंकामा ९ जनालाई पक्राउ गरि सम्झाई बुझाई छाडिएकाे प्रहरीले जनाएकाे छ ।
लागुअाैषध सेवन गर्ने समूह गाैरीगंजमा बढ्दै गएकाे भन्दै गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले यसलाई नियन्त्रण गर्न गाउँपालिका कुनैकसर बाकी नराख्ने बताउनुभयाे ।उहाँले लागुअाैषध सेवन गर्ने १५ वर्ष देखि २५ वर्षका युवाहरू गाैरीगंजमा ७० प्रतिशत रहेकाे जनाउदै यसकाे न्युनिकरणका लागि नागरिक समाज, बुद्धिजीवी, प्रशासन, प्रहरीसंग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयाे । सुरक्षित गाैरीगंज गाउँपालिकाकाकाे प्रत्याभूति नागरिकलाई दिलाउन सुरक्षा निकायकाे लागि अावश्यक बजेटकाे पनि व्यवस्था गरेकाे उहाले बताउनुभयाे ।

भारतीय सीमासंग जाेडिएकाे गाैरीगंज क्षेत्र खुल्ला सीमाकाे प्रयाेग गर्दै अापराधिक गतिविधि गर्ने समुहहरू सक्रिय भएकाेले भारतिय नम्बर प्लेटका माेटरसाइकलमा कडा चेक जाँच र निगरानी राख्ने गरेकाे ट्राफिक प्रहरी गाैरीगंजले जनाएकाे छ । ट्राफिक प्रहरीले सीमा नजिक सिमाबाट नेपाल भित्र २ किलाेमिटर क्षेत्रमा ट्राफिक चेक जाँच गर्ने गरेकाे ट्राफिक प्रहरी गाैरीगंजका प्रमुख गाेकुल अाचार्यले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ६ : ३९ बजे