५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अमेरिकामा रहेर सक्रिय पत्रकारिता गर्दै अाएका सुदिपराज पन्तलाई सम्मान


२९ भाद्र २०७५, शुक्रबार  

0
Shares

41678565_486057701877672_4510433620418101248_n-750x430
दमक २९,भदौ /उद्योग बाणिज्य संघ र दमक जेसिजका पुर्व अध्यक्ष, हाल प्रेस युनियन माइपश्चिम क्षेत्रिय समितिले सम्मान गरेको छ ।अमेरिकामा रहेर सक्रिय पत्रकारिता गर्दै आइरहेका सुदिपराज पन्तलाइ नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) अध्यक्ष समेत रहेका पन्तलाइ युनियनले सम्मान गरेको हो ।

पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गर्नु भएको थियो । दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली पत्रकारिताको विकासमा क्रियाशील रहदै नेजाको अध्यक्षमा निर्वाचित हुँदा दमक र झापालीको शान र प्रतिष्ठा बढेकाले उहाँलाई सम्मान गरेको प्रेस यूनियन क्षेत्रीय समिति अध्यक्ष बिष्णु सुब्बाले बताउनु भयो ।

सम्मान ग्रहण पछि बोल्दै नेजा अध्यक्ष पन्तले आफूहरु अमेरिकामा रहेपनि पत्रकारिता भने नेपाली समाजकै गरिरहेको बताउनु भयो । उहाँले नेपाललाई समृद्धि र विकसित बनाउन तथा अमेरिकामा रहेका नेपालीहरुलाई पहिचान दिलाउने बाटोमा आफूहरु कलम चलाईरहेको बताउनु भयो । उहाँले पत्रकारहरुले प्रभावहीन भएर आफ्नो कलम चलाउनुपर्नेमा जोड दिनु भयो । अमेरिकामा रहेका पत्रकारहरुले नेपाल र अमेरिकामा बसोबास गर्ने नेपालीहरुबीच पारिवारिक सम्बन्ध जस्तै कानुनी सम्बन्ध पनि विकास गराउन चाहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र थापाले पूर्वाग्रही नभई खबरदारी पत्रकारिता गर्न आग्रह गर्नु भयो । उहाँले नयाँ नियम, कानुन अनुसार जनप्रतिनिधिहरु चयन भएर आएकाले उनीहरुलाई खबरदारी गर्दै समाजलाई विकासको बाटोमा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनु भयो । उहाँले नयाँ पुस्ताको पत्रकारिता प्रभावित हुन खोजेजस्तो आभाष हुन थालेकाले पत्रकारिताको आचारसंहिता र यसको धर्मलाई मन दिन नहुनेमा जोड दिनु भयो ।

क्षेत्रिय समिति अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार बिमल लामिछाने, टीकाराम उप्रेती, सामाजिक अगुवा चैतन्य बराल, गणेश गौतम लगायतले बोलेका थिए ।
20180914_160315

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  १२ : २६ बजे