४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा थर्ड एलाइन्स गठन


३ जेष्ठ २०७५, बिहिबार  

0
Shares

IMG_20180517_081850

विर्तामोड ३, जेठ / झापाको विर्तामोडमा जिल्ला स्तरिय तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स) गठन भएको छ । भरत राजवंशीको संयोजकत्वमा ५ सदस्यीय तराई मानव अधिकार रक्षक सञ्जाल हिजो गठन भएको हो । झापामा मानव अधिकारसम्बन्धि उल्लंघनका घटना बढिरहेका बेला यसलाई न्युनीकरण गर्न तथा मानवले स्वतन्त्र रुपमा बाच्न पाउन भन्ने उद्येश्यले रक्षक सञ्जालको गठन भएको हो । समितिको सहसंयोजकमा मनीषा राजवंशी, सदस्यहरुमा तनवीर हूसैन, संजय राजवंशी र सुनिता राजवंशी रहेका छन् । भेलामा झापाका ४ वटा स्थानीय तह बाट मानव अधिकार रक्षक सञ्जाल प्रतिनिधिलगायत पत्रकार, समाजसेवी सहभागिता थियो । कार्यक्रममा र्थड एलाइन्सका प्रतिनिधि अमृत राजवंशीले नव गठित समितिले झापामा निष्पक्ष तथा स्वतन्त्ररुपमा मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने विश्वास लिएको बताए । उनले झापाका सबै स्थानिय तहहरुमा सञ्जालको विस्तार गरी मानव अधिकार उल्लघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन सञ्जालले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहिबार  १२ : ५५ बजे