३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

वडा नँ ४ को कार्यालय उद्घाटन


२५ माघ २०७४, बिहिबार  

0
Shares

kulprasad

गौरीगँज २५, माघ / एक कार्यक्रमको आयोजना गरि गौरीगँज गाउँपालिकाको वडा नँ ४ को कार्यालय उद्घाटन गरिएको छ । उदघाटनमा कार्यालयको रिवन काटेपछी गाउपालिका प्रमुख बाबुराजा श्रेष्ठले सम्वन्धित वडा मै वडा कार्यालय स्थापनाले स्थानिय सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रदान गर्ने विश्वास ब्यक्त गरे ।
कार्यालय स्थापनाको पहिलो दिन नै कार्यालयले वडा भरि एक घर दुई बिरुवा, र साप्ताहिक सरसफाई जस्ता बातावरण मैत्री निर्णयहरु गरेको छ भने यहि चैत १५ गते भित्र पुरै ४ नँवर वडालाई खुल्ला दिसामुक्त बनाउने कुरा वडाध्यक्ष कुल प्रसाद गिरीले जनाएको छ ।
यस अघि वडा नँ ३ स्थित गाउपालिकाको केन्द्रिय कार्यालय बाटै वडा नँ ४ को कामकार्वाही चलिरहेको थियो भने आजदेखि वडा नँ ४ भवानीपुर स्थित स्थानीय मुक्ती गिरीको घर भाडामा लिई कार्यालय स्थापना गरिएको हो ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार  १२ : १२ बजे