
गौरादह / झापाको गौरादह नगरपालिकाले चालु आर्थिक बर्षका लागि रु ८२ करोड बढीको अनुमानित वजेट सार्वजनिक गरेको छ ।
विहिबार पहिलो नगरसभाले नगरपालिकाको ८२ करोड ७ लाख ३६ हजार १९४ रुपैयाको अनुमानित आयव्यय सार्वजनिक गरिएको हो । वजेटको चालु खर्च तर्फ आम्दानीको ४६.३६ प्रतिशत अर्थात रु ३८ करोड ४ लाख ३२ हजार ४ सय र पूँजीगत खर्च तर्फ ५३.६४ प्रतिशत अर्थात रु ४४ करोड ३ लाख ३ हजार ७४४ बिनीयोजन गरिएको नगर प्रमुख रोहित शाहले जानकारी दिए ।
नगर प्रमुख शाहले गौरादह नगरलाई पर्यटकीय, शैक्षिक व्यापारिक, व्यवसायीक तथा बसोबास योग्य हरितसंगै आधुनिक स्मार्ट सिटी बनाउन बजेटसहितको नीति तथा कार्यक्रमले जोड दिईएको बताए ।
९ वटा वडा रहेको नगरको पछिल्लो जनसंख्या करिव ६६ हजार हाराहारीमा पुगेको नगरपालिकाले जनाएको छ । झापा क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको नगर सभा उद्घाटन कार्यक्रममा निर्वतमान सांसद दिपक कार्की, नगर उपप्रमुख गीता भेटवाललगायतले बोलेका थिए ।
आ.व. २०७४/ ०७५ को लगि ल्याइएको बजेटमा गत सालको मौज्दात ६ करोड ७८ लाख ८८ हजार ४ सय ४४ रुपैया रहेको र आन्तरीक श्रोत बाट २ करोड २५ लाख श्रोत उपयोग कर बाट बाडफाँड ५० लाख जिल्ला समन्वय समिति अनुदान बाट ३० लाख, सामाजिक सुरक्षा भक्ता बाट १२ करोड ५० लाख एल जि सि डि पि बाट ६ लाख , नेपाल सरकारबाट पुँजीगत अनुदान २५ करोड ५० लाख ३० हजार , नेपाल सरकार न.पा. चालु अनुदान १५ करोड ७३ लाख ६२ हजार ७ सय ४४ , सडक बोर्ड नेपाल बाट ७० लाख , विपत्त व्यवस्थापन प्रणाली आम्दानी बाट २५ हजार , प्रदेश सरकार बाट अनुदान ११ करोड , संघिय सरकारबाट अनुदान ६ करोड ७३ लाख ३० हजार ६ रहेको बजेट निति आम्दानी तर्फ सार्वजनिक गरिएको छ । खर्च तर्फ चालु खर्च तर्फ कुल आम्दानीको ४६.३६% वा ३४ करोड १९ लाख ७ हजार २ सय ७० र पुँजी गत खर्च तर्फ ५३.६४% वा ४७ करोड ८८ लाख २८ हजार ९ सय २४ रहने जानकारी गराए । वार्ड नं. १ को वर्डा कार्यालयमा सम्पन्न प्रथम नगर सभाको बन्द सत्रमा विधेक समिति संयोजक छत्रपती सुवेदीले प्रस्तुत गरेको गौरादह नगरपालिकाको लेखा समिति , सुसाशन समिति , विधान समिति, खरिद समिति सर्व सम्मत बाट पारित गरिए पनि न्यायिक समितिमा संसोधन सहित पारित गरियो । छत्रपती सुवेदीले प्रस्तुत गरेको न्यायिक समिति मा वार्ड नं. २ का वार्ड अध्यक्ष हेमन्त कार्कीले समितिमा केहि संख्या थप गर्नु पर्ने माग राखे पछि संसोधन सहित पारित गरिएको हो । बजेट निति तथा कार्यक्रम माथि टिप्पणी गर्दै कपिलमणी काफ्लेले महारानी झोडामा संचालन भएको नमुना एकिकृत खेतीलाई विस्तार गर्न र शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक दरबन्दि मिलान गर्न आवश्यक रहेको धारणा राखे । गौरादह नगरपालिका भित्र रहेका मसानघाटलाई व्यवस्थीत गर्न माग गरे । वार्ड नं. ७ का वार्ड सदस्य अम्बर दास सिवाकोटीले गौरादह नगरपालिका भित्र रहेका सडक हरुलाई स्तर उन्नती सहित स्तरीय ग्राभेल र मुख्य सडकहरुलाई कालोपत्र गर्न माग गरे । गौरादह न.पा.को पुरानो ग्वालडुब्वामा रहेको सल्ला मुराई सहकारी संस्था आर्थिक संकटका कारण बन्द रहेकाले त्यसलाई आवश्यक पुँजीको व्यवस्था गरी संचालनमा ल्याउनु पर्ने माग गरे । यस न. पा. भित्र अधिकाशं मात्रामा किसान हरु रहेकाले उनीहरुलाई खेती गर्न आवश्यक पर्ने सिँचाइको व्यवस्था मिलाउन र्गाैरीया र रामचन्द्रे सिँचाई आयोजनालाई
पूर्वाधार विकासको अध्ययन गरि संचालनमा ल्याउनु पर्ने बताए । बजेट निती तथा कार्यक्रम गौरादह नगरपालिका का मेयर रोहित कुमार शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।









