
गौरीगंज २४, चैत / इ–सेवाको आयोजनामा आज स्थानीय युवा, व्यवसायी तथा समाजसेवीहरूको उपस्थितिमा डिजिटल वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरूलाई डिजिटल वित्तीय सेवा, सामाजिक सुरक्षा कोष, डिजिटल फ्रड (अनलाइन ठगी), बिमा, ऋण प्रक्रिया तथा सुरक्षित डिजिटल व्यवहारसम्बन्धी जानकारी दिइएको थियो । सहभागीहरूले प्रश्न–उत्तर, व्यक्तिगत परामर्श र अभिमुखीकरण पनि पाएका थिए ।
कार्यक्रमको सफल सञ्चालन भक्भधब मधेश र कोशी प्रदेशका परियोजना प्रबन्धक श्री आदित्य मिश्र र इ–सेवाका सामाजिक प्रभाव सहायक सिमरन कार्की नेतृत्वको टिमले गरेको थियो । कार्यक्रमको सहजीकरण युवा व्यवसायी प्रमोद राजवंशीले गरेका थिए ।
यस कार्यक्रममा स्थानीय युवा, व्यवसायी र समाजसेवीहरूले डिजिटल वित्तीय सेवा प्रयोगमा दक्षता हासिल गर्ने र सुरक्षित डिजिटल व्यवहार अपनाउने दिशामा महत्वपूर्ण कदम चालेका छन् ।









