५ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर गणतन्त्र ढाल्ने राजावादीको योजना !



चैत्र १५ गते तिनकुनेमा भएको हिँस्रक ‘जनआन्दोलन’ पछि रक्षात्मक बनेका राजावादीहरुले अब गणतन्त्र ढाल्नको लागि टुनामुनाको सहायता लिने भएका छन् । 

अनिश्चितकालीन ‘आन्दोलन’ घोषणा गरेको संयुक्त जनान्दोलन समिति’ ले मंगलबार भद्रकाली पीठमा तान्त्रिक अनुष्ठान गर्न लागेको हो । कार्यक्रममा गणतन्त्र ढाल्न र राजतन्त्रवादीलाई शक्ति उपार्जनको लागि टुनामुनासहितका विभिन्न कार्यक्रमहरु गर्न लागिएको आयोजक समितिका पदाधिकारीहरुले जानकारी दिएका छन् । उक्त कार्यक्रमको मुख्य संयोजन ‘संयुक्त जनआन्दोलन समितिका सल्लाहकार डा. जगमान गुरुङले गरिरहेका छन् । उनले जेठ १५ गते गणतन्त्रको अन्तिम दिन हुने दावी गर्दै वैदिक सनातन अधिराज्यसहित संवैधानिक राजसंस्था स्थापना र सैन्य शक्ति अभिवृद्धिको लागि तान्त्रिक अनुष्ठान आयोजना गरिएको जानकारी दिएका छन् । उक्त अनुष्ठानमा सहभागिताका लागि उनले राजवादीहरुलाई अपील गरेका छन् ।

यो कार्यक्रममा मुख्य अतिथिकोरुपमा रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाहलाई निमन्त्रणा गरिएको बताइएको छ । अमेरिकाको बोस्टनमा मास्टर्स पढिरहेका पारस शाह–हिमानी शाहका छोरा उनी हिजो बिहान काठमाडौं आएका छन् । उनी सोही कार्यक्रममा सहभागि हुन काठमाडाैं आएको दावी गरिए पनि निर्मल निवास स्रोतले भने औपचारिकरुपमा उनको सहभागिता सुनिश्चित गरिनसकेको बताइएको छ ।

राजावादीको आन्दोलनलाई लक्षित गर्दै सरकारले भने उपत्यकाको सुरक्षा व्यवस्था कडाई गर्न थालेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ७ : ५८ बजे