
गौरीगंज २९, चैत / गौरीगंज इलाका प्रहरी कार्यालयको आयोजनामा आज शुक्रबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सरोकारवालाहरुको सहभागितामा गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित शिवालय मन्दिरको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा इालाका प्रहरी कार्यालय गौरीगंजबाट अहिले सम्म सम्पादन भएका कामहरुको बारेमा जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय गौरीगंजबाट बाट प्रदान भइरहेका सेवाका बारेमा इलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख प्रहरी निरीक्षक रामचन्द्र साहले सहभागीहरुलाई जानकारी गराएका थिए ।

प्रहरीले लागु औषध विरुद्धको अभियान सञ्चालन गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम जारी रहेको, अपराध न्यूनीकरणका लागि समुदायसंग मिलेर काम गरिरहेको, चोरी निकासी, भारतबाट अवैधरुपमा नेपालतर्फ आउने मालसमानहरुबारेमा प्रहरी निरीक्षक साहले जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाईमा स्थानिय नागरिकहरुले राखेका जिज्ञासा, गुनासो र समस्याका बारेमा प्रहरी निरीक्षक साहले जवाफ दिएका थिएका थिए । चेरी निकासी, गौरीगंज वार्ड नं. ४ मा भएको ज्यान मार्ने सम्बन्धी मुद्याको खोजविन, लागुऔषध दुव्र्यसनी, भारतबाट अवैधरुपमा नेपालतर्फ आउने मालसमानहरुबारेको प्रहरीको सक्रियता, भारती मोटरसाइकलहरु नेपाली प्लेट लगाएर गौरीगंजमा गुडिरहेको, इलाका प्रहरी कार्यालयमा मान्छे हेरेर व्यवहार गरेको, खुर्ती अवैधरुपमा भारतबाट नेपाल भित्रिरहेकोबारेमा सरोकारवाला स्थानीयहरुले जिज्ञासा राखेको थिए ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गौरीगंज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, गौरीगंज वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मखना महतोलगायतले आ–आफ्नो धारणा राखेको थिए भने इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख शिव प्रसाद सुवेदी, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, गौरादह नगरपालिका वार्ड नं. ८ का वडा अध्यक्ष गणेश कुमार राजवंशी, झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष रुपक श्रेष्ठलगायत व्यापारी, बुद्धिजीवि र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।