४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एनआइसी एसिया बैंकद्वारा गौरीगंज माविमा पुस्तकालय भवन निर्माण, आज विधिवत् उद्घाटन



गौरीगंज ४, असोज / एनआइसी एसिया बैंकले गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज माविलाई पुस्ताकालय भवन निर्माण गरेको छ । उक्त नवनिर्मित पुस्तकालय भवनको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज शुक्रवार विधिवत उद्घाटन गरेकी छन् । यस क्षेत्रकै सबै भन्दा पुरानो सामुदायिक विद्यालय गौरीगंज माविका व्यवस्थापन समितिका अध्यक्ष तथा गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख दिवाकर भट्टराईले नवनिर्मित पुस्ताकालय भवनको साँचो हस्तान्तरण गरेका थिए । गौरीगंज गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको पुस्ताकालय भवन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त गौरीगंज माविलाई पुस्ताकालय भवन निमार्ण गरिदिएको हो । नवनिर्मित पुस्ताकालय भवनबाट विद्यालयमा अध्ययनरत १ हजार भन्दा बढी विद्यार्थीहरु प्रत्यक्षरुपमा लाभान्भित हुने विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाईका सामाग्रीहरुमा सहज पहुँच भई विद्यार्थीहरु शैक्षिक प्रदर्शन एवं व्यत्तित्व विकासमा ठोस टेवा पुग्ने विश्वास लिइएको छ । समुदघाटन कार्यक्रममा गौरीगंज गाउँपालिकाकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि फूलवती राजवंशी, पालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, एनआइसि एसिया बैंकका कोशी प्रदेश प्रमुख दिवाकर भट्टराई, सामाजिक व्यक्तित्व श्याम ढकाल, बैंकका कोशी प्रदेश सहायक प्रमुख विजय विष्ट, एनआइसि एसिया बेंक गौरीगंज शाखा प्रमुख मनिसा साह, झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो , गौरीगंज शिक्षा शाखा प्रमुख टंक खरेल, विद्यालयका प्रअ गोविन्द घिमिरेलगायतले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा समाजसेशीहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रअ कर्मा शेर्पाले गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : ४९ बजे