३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपाल बैंक लिमिटेड गौरीगंजले स्थायी शिक्षकहरुलाई १५ लाख रुपैयाँसम्म बिना धितो ऋण प्रवाह गर्ने



गौरीगंज २९, भाद्र / नेपाल बैंक लिमिटेड गौरीगंजले स्थायी शिक्षकहरुलाई १५ लाख रुपैयाँसम्म बिना धितो ऋण प्रवाह गर्ने भएको छ । विहिवार नेपाल बैंक लिमिटेड गौरीगंजका शाखा प्रवन्धक सञ्जय कुमार साहू र गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको श्री खजुरगाछी माविका प्रधानाध्यापक गहेन्द्र विक्रम साहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ५ वर्षका लागि प्रवाह गर्ने ऋणमा विना धितो विद्यालयका स्थायी शिक्षकहरुलाई विद्यालयको सिफारिसमा सीमा बढीमा ५ वर्षसम्म १५ लाख रुपैयाँमा नबढ्ने गरी बैंकले ऋण लगानी गर्ने जनाएको छ । सम्झौता पत्रहस्तान्तरण कार्यक्रममा नेपाल वैंक लिमिटेडका कोशी प्रदेश प्रमुख कमल रेग्मी, विनोद थापा, पंकज ठाकुर, राजेन्द्र प्रसाद ताजपुरिया, विद्यालयका सहायक प्रअ वरुण कुमार राजवंशीलगायतको उपस्थिति थियो । क्रमिकरुपमा अन्य विद्यालयसंग पनि त्यसप्रकारको सेवा दिइने योजना रहेको शाखा प्रबन्ध साहुले जानकारी दिएका छन् ।
केही वर्ष अघि नेपाल बैंक लिमिटेड गौरीगंजले भाडाको घरमा रही आफ्नो सेवा दिइरहेको थियो । प्रबन्धक साहू नियुक्त भएर आएपछि उनकै अगुवाईमा नयाँ व्यवस्थापनसहित झुंस परेको नेपाल बैंकको आफ्नै भवनलाई पुर्ननिर्माण गरी सुविधासम्पन्न भवनबाट सेवा दिन शुरु गरेको थियो । करिब ४ वर्षदेखि सेवा दिएका प्रबन्धक साहुले सेवाग्राहीहरुलाई वैंकले छिटो छरितोरुपमा सेवा दिनुका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । बजारलाई सफासुघर राख्न र जथभावी फोहोर व्यवस्था नगर्नका लागि डस्टविन वितरण, इलाका प्रहरी कार्यालय गौरीगंजलाई कुर्सी वितरण, सामुदायिक विद्यालयहरुलाई सिलिङ्ग फेन वितरण गरेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ३४ बजे